STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ख्याति प्राप्त सरोदवादक सुदर्शन राजोपाध्याय भारतमा सम्मानित

Janjati Khabar – जनजाति खबर | २०७६ माघ ९, बिहिबार

नेपालका अन्तर्राष्ट्रिय ख्याति प्राप्त वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतमा सम्मानित भएका छन्। लामो समयदेखि संगीत क्षेत्रमा रहेर नेपाल तथा भारतमा ख्याती कमाएका राजोपाध्यायलाई भारतको राजस्थानमा राष्ट्रिय सम्मान प्रदान गरिएको हो। भारतको राजस्थानको विवेकानन्द इन्स्टियूट अफ टेक्नोलोजीमा भएको एक समारोहमा राजोपाध्यायलाई संगीत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो। राजोपाध्यायलाई डा सरिता शुक्ला, ज्योतिषाचार्य सरस्वती देवकृष्ण, मोहमद नइमले राष्ट्रिय सम्मान प्रदान गरेका थिए। तीन दशकदेखि संगीत साधनामा सक्रिय सरोदवादक राजोपाध्यायले यसअघि २०१९ जुलाइ १५ मा राजस्थानको जगतपुरामा रहेको सुरेश ज्ञान विहार विश्वविद्यालयमा भएको अन्तर्राष्टिय मैत्री सम्मेलनमा इन्टरनेशनल इन्डियन बेस्टिज अवार्ड(२०१९ प्रदान गरिएको थियो भने सन् २०१३ मा भारतको पश्चिम बंगाल सरकारबाट संगीतमञ्जरी उपाधि प्रदान गरिएको थियो। उनलाई सन् २०१५ मा गुजरातमा सुरिल साँझका तर्फबाट स्वर्णपत्र प्रदान गरिएको थियो। उनले रेडियो नेपालबाट सन् २००२ मा भएको जिल्लाव्यापी संगीत प्रतियोगितामा प्रथम पुरस्कार पाएका थिए। उनले शास्त्र सम्मान २०१८, सेभ दी नेशन अवार्डलगायतका पुरस्कार तथा सम्मानित भईसकेका छन् ।
Categorized in सिनेमा