STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ख्यातिप्राप्त हिन्दी फिल्म निर्देशक बासु चटर्जीको निधन

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २२, बिहिबार

विजयरत्न असंबरे


भारतीय फिल्म जगतका ख्यातिप्राप्त निर्देशक बासु चटर्जीको आज बिहिबार बिहान ९१ को वर्षमा निधन भएको छ । सन् १९३० जनवरी १० तारीखका दिन भारतको अजमेर भन्ने ठाउँमा जन्मेका फिल्म निर्देशक बासु चटर्जीलाई भारतको फिल्म उद्योगमा सामाजिक यथार्थपरक विषयामा रोचक फिल्म बनाउने फिल्मकर्मिको रुपमा लिइन्छ । उनको आजै दिउँसो २ बजे मुम्बईको सान्ताक्रुज चिहानमा अन्त्यष्टि गरिएको कुरा ईण्डियन फिल्म एण्ड टिभि डाईरेक्टर्स एशोसियशका अध्यक्ष अशोक पण्डितले आफ्नो ट्वीटर मार्फत जानकारी गराएका छन् । बासु चटर्जी विशेष गरेर बातों बातों में , चितचोर, रजनीगंधा, छोटी सि बात , पति पत्नी और वह जस्ता यथार्थपरक सामाजिक मनोरञ्जनात्मक हिन्दि फिल्महरुकालागि चिनिन्छ भने उनले भारतका ख्यातिप्राप्त स्टारहरुलाई बेग्लै खालको भुमिकामा प्रस्तुत गर्ने श्रेय पनि हासिल गरेका छन् । यस्ता फिल्महरुमा बलिउडका पहिलो सुपरस्टार मानिने राजेश खन्नाको चक्रव्युह , महानायक मानिने अमिताभ बच्चनको मञ्जिल , जितेन्द्रका प्रियतमा र देव आनन्दको मनपसन्द र विशेष रुपमा प्रशंसित फिल्महरु ह्ुन् । उनले अशोक कुमार , ए के हंगल र उत्पल दत्तको साथमा भारतका डान्सिंग स्टार भनिने मिथुन चक्रवर्तिलाई लिएर बनाएको शौकिन लाई भारतको उच्चकोटीको हास्य फिल्मको रुपमा लिइन्छ । बंगाली भाषामा समेत फिल्महरु बनाएका बासु चटर्जी एक सशक्त लेखक पनि थिए भने उनको निर्देशन रहेको दुर्गा नामक बंगाली फिल्मले सन् १९९२ मा राष्ट्रिय चलचित्र पुरस्कार पनि हासिल गरेका थिए । फिल्म जगतमा प्रसिद्ध फिल्मफेयर अवार्ड समेत धेरै पुरस्कार जितेका फिल्मकर्मि बासु चटर्जीको एक रुका हुआ फैसला भारतको एक उत्कृष्ट फिल्मको रुपमा लिइन्छ भने भारतको यथार्थपरक फिल्महरुकालागि ख्याति कमाएका हृषिकेश मुखर्जी र बासु भट्टाचार्य पछी उनको निधन संगै त्यो युगको अन्त्य नै भयो भनि भारतका ख्याति प्राप्त फिल्म विश्लेषक एवं फिल्मकर्मि प्रेमेन्द्र मजुमदार भन्दै गहिरो शोक व्यक्त गरेका छन् ।
Categorized in सिनेमा