STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २, सोमबार

पश्चिम  नवलपरासीको परासीस्थित कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा उनीहरुको व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । 
क्षमताभन्दा दोब्बर सङ्ख्यामा कैदीबन्दी हँुदा उनीहरुको सहज बसोबासमा निकै कठिन भएको कारागारका जेलर जगतबहादुर बस्नेतले बताउनुभयो । 
पच्चीस महिला र  १५० पुरुष गरी १७५ कैदीबन्दी राख्ने क्षमता भएको सो कारागारमा हाल ३०९ पुरुष, ५८ महिला र चार जना आश्रित बालबालिका गरी कूल ३७१ कैदीबन्दी रहेको कारागारले जनाएको छ । 
रामग्राम नगरपालिका–११ बचगावास्थित साढे दुई बिगाहा क्षेत्रफलमा कारागार फैलिएको छ ।    
Categorized in अपराध-दुर्घटना