STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

क्वारेन्टाइनमा रहेका एक पुरुषको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १४, बुधबार

काठमाडौं – बर्दियाको गुलरिया नगरपालिकास्थित बबई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेका एकजना पुरुषको मृत्यु भएको छ । गुलरिया नगरपालिका ९ स्थित घर भएका ५५ वर्षीय पुरुष सूदुरपश्चिम प्रदेशको अछामबाट फर्किएपछि मंगलबार क्वारेन्टाइनमा राखिएको थियो । कामदारको रुपमा अछाम पुगेका उनी जेठ ८ गते अछाम डोटी अत्तरिया हुँदै १३ गते बर्दिया प्रवेश गरेको थियो । बुधबार बिहान ६ः२० बजे उनको क्वारेन्टाइनमै मृत्यु भएको छ । मृत्युको कारण भने खुलेको छैन । उनको स्वाब परीक्षणका लागि निकालिएकाले नतिजा आएपछि मात्र शवको व्यवस्थापन हुने जनाइएको दिए ।
Categorized in राष्ट्रिय