STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

क्रिकेट संघलाई महानगरपालिकाको ५० लाख सहयोग

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ माघ २०, मंगलबार

काठमाडौं मेयर्स कप — २०७७ क्रिकेट प्रतियोगिता सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले नेपाल क्रिकेट संघलाई ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । आज राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यको उपस्थितिमा दुई पक्षबीच सहयोग सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ । सहमति पत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र संघका अध्यक्ष चतुरबहादुर चन्दले हस्ताक्षर गर्नु भएको हो । 

 मेयर शाक्यले महानगरको प्राथमिक क्षेत्र पूर्वाधार, सम्पदा पुनर्निर्माण र शिक्षा स्वास्थ्य भएको भन्दै खेलकुद क्षेत्रको विकास र प्रवर्द्धन का लागि विस्तारै लगानी बढाउँदै लगेको बताउनु हुँदै उहाँले आगामी वर्षको बजेटमा खेलकुदलाई प्राथामिकता दिदैँ खेलाडीहरुको मनोबल थप उच्च बनाउनेतर्फ केन्द्रित हुने पनि बताउनु भयो ।  

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले, क्रिकेटले अन्तरराष्ट्रिय स्तरमा नेपालको ख्याती बढाएकोले मनोबल उच्च बनाउन र महानगरको पहिचान पनि सँगै विस्तार होस् भनेर  संघलाई सहयोग गरेकाे कुरा ज्ञवालीले भन्नुभयो ।  

नेपाल क्रिकेट संघका अध्यक्ष चन्दले काठमाडौँ महानगरपालिकाले नेपाली क्रिकेटको स्तर उकास्न र स्तरीय खेलाडी उत्पादनका लागि गरेको सहयोग अतुलनीय रहेको बताउँदै यो सहयोगबाट उत्साहित भएकाे र यो सहयोगले खेलाडीहरुको प्रतिभामा थप निखारता आउने अपेक्षा गरेकाे पनि अध्यक्ष चन्दले भन्नुभयो । 

महानगरको सामाजिक विकास विभागका प्रमुख दीपक अधिकारीले  संघलाई सम्झौताबमोजिम २ चरणमा अनुदान रकम प्रदान गरीने बताउनुभयो र पहिलो चरणमा ६० प्रतिशत रकम उपलब्ध गराएपछि संघले सञ्चालन गरेका कार्यक्रमका आधारमा दोस्रो किस्ताको रकम दिइने र यस रकमबाट आउँदो चैत्र मसान्तभित्र खेलका कार्यक्रम सञ्चालन गरिसक्नुपर्नेमा जोड दिनु भयो ।

Categorized in उपत्यका