STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

क्याप्टेन विजय लामालाई कोराना संक्रमण

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २९, सोमबार

काठमाडौं – नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार काेराेना परीक्षणकाे लागि स्वाब दिएका उनको रिर्पोट पोजेटिभ आएको नेपाल एयरलाइन्सका एक वरिष्ठ अधिकारीले जानकारी दिए । उनी दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्याएर फर्किएका थिए । क्याप्टेन लामासँगै ककपिटमा रहेका अर्का क्पाप्टेनसमेत संक्रमित भएका छन् । दुबै जना सोल्टी होटेलको आइसोलेसनमा रहेको कम्पनीले जनाएको छ । यसअघि पनि नेपाल एयरलाइन्सका एक दर्जन उडान कर्मचारीमा कोरोना देखिएको थियो । उद्धार उडानमा खटिने आफ्ना कर्मचारीलाई नेपाल एयरलाइन्सले सोल्टी होटेलमै क्वारेन्टिनमा राख्दै आएको छ ।
Categorized in राष्ट्रिय