कोरोना भाइरसबाट विश्वमा ३ लाखबढीको मृत्यु
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २, शुक्रबार
एजेन्सी – विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)बाट मृत्यु हुनेको संख्या विश्वभरि ३ लाख नाघेको छ ।
शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार कोरोनाबाट ३ लाख २ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । यसैगरी, विश्वभर ४४ लाख ३८ हजार भन्दा बढीमा कोरोना भाइरस स्रक्रमण रहेको पुष्टि भएको छ । १५ लाख ८६ हजार भन्दा बढी संक्रमित कोभिड–१९ भाइरसमुक्त भएका छन् ।
अमेरिकामा मात्र १४ लाख १७ हजारभन्दा बढी संक्रमित देखिएको यहाँ मृत्यु हुनेको संख्या ८५ हजार ८ सय भन्दामाथि पुगेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १७५० भन्दा धेरै संक्रमितले ज्यान गुमाएको देखिन्छ ।
बेलायत संक्रमण संख्याका आधारमा तेस्रो रहे पनि यस भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा दोस्रोमा रहेको छ । यहाँ २ लाख ३४ हजार भन्दा धेरैमा संक्रमण रहेको पुष्टि हुँदा मृत्यु हुनेको करिब संख्या ३३ हजार ७ सय पुगेको छ ।
रुसमा हालसम्म २ लाख ५२ हजार भन्दा धेरै संक्रमित रहेका छन् । संक्रमितको संख्याको अनुपालमा रुसमा मृत्युदर भने न्यून छ । करिब २३ सयले मात्रै ज्यान गुमाएका छन् ।
छिमेकी मुलुक भारतमा पनि संक्रमणको दर तीब्र गतिमा बढिरहेको छ । हालसम्म भारतमा करिब ८२ हजारमा संक्रमण रहेको पुष्टि भएको छ भने मृतकको संख्या २६ साय नाघेको छ ।
Categorized in अन्तर्राष्ट्रिय