STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कोरोना भाइरसको विषयमा नेपाली सर्टफिल्म ‘सचेतना’

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २३, शुक्रबार

काठमाडौं – राज महर्जनको स्क्रिप्ट र परिकल्पनामा कोरोना भाइरसको विषयमा सर्टफिल्म ‘सचेतना’ युट्युबबाट सार्वजनिक गरिएको छ । इन्टरटेन्टमेन्ट नेपाल टिभी युट्युब च्यानलमा अपलोड गरिएको यस सर्टफिल्मका निर्देशक र सम्पादक प्रदीप खड्गी हुन् । सर्टफिल्ममा नेपालभाषा फिल्म क्षेत्रमा कलाकारहरु सुशील राजोपाध्याय, रुपेन श्रेष्ठ थक्वाःमि, आराध्यालक्ष्मी खड्गी र सरस्वती मानन्धरलगायतको अभिनय रहेका छन् । लकडाउनको समय सामाजिक दुरी कायम गरी सबै कलाकारको आ–आफ्नै घरमा खिचेका दृश्यलाई सम्पादन गरी सर्टफिल्म बनाइएको लेखक राज महर्जनले जानकारी दिए । केही महिनाअघि लकडाउनको समय कीर्तिपुरमा बस्न आएका गर्भवती महिलालाई घरबाट निकालिएको विषय गलत समाचार सम्प्रेषण भएको विषयलाई सर्टफिल्ममा उतारिएको छ । लकडाउनको पूर्ण पालना हुनुपर्ने सचेतना जगाउन यस सर्टफिल्मको निर्माण गरिएको लेखक महर्जनले जानकारी दिए । (सर्टफिल्म हेर्न यहाँ क्लिक गर्नुहोला)
Categorized in सिनेमा