STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कोरोना प्रभावित पत्रकार र नेवाः मिडिया हाउसका समस्यामा अन्तर्क्रिया सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ आषाढ ९, बिहिबार

नेपालभाषाको सन्चार जगतमा अलग्गै पहिचान बनाउन सफल लहना मिडियाले विहीबार राजधानीमा कोरोना प्रभावित पत्रकार र नेवाः मिडिया हाउस विषयक बृहत अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ । लहना मिडियाका अध्यक्ष नृपेन्द्र लाल श्रेष्ठको सभापतित्वमा सम्पन्न सोही  कार्यक्रममा प्रुमुख अतिथीका रुपमा बोल्दै काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा नेपालभाषा, संस्कृति, सम्पदा लगायत विविध क्षेत्रमा भएका राम्रा कामहरुलाई निरन्तरता नपाएमा सडकमा उत्रिने उद्घोष गरेका छन्।

पूर्व मेयर विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा पाठयक्रम स्थानीय भाषामा पढाउने नीति अन्तर्गत झिगु येँ देय् म्हसिके (काठमाडौं चिनौं) पाठयक्रम नेपाल भाषामा कक्षा १ देखि ८ सम्म सामुदायिक र संस्थागत विद्यालयमा पढाउन शुरु गरिएको थियो। त्यस्तै परम्परागत बाजागाजाका गुरुलाई वार्षिक ३० हजार रुपैयाँ प्रदान गर्ने, मातृभाषाको पत्रकारिताको विकास, मूर्त र अमूर्त संस्कृति र सम्पदा जोगाउने जस्ता कामलाई निरन्तरता दिनुपर्ने बताउँदै मेयर शाक्यले स्थानीय पाठयक्रम स्थानीय भाषामा पढाउने बन्दोबस्तो उपत्यकाबासीले दशकौंदेखि संघर्ष र आन्दोलन मार्फत अभिव्यक्ति गर्दै आएको भावनालाई उच्च सम्मान गर्दै लागू गरिएको बताए ।

लहना का व्यवस्थापक  सुरेन्द्रभक्त श्रेष्ठले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रिय अध्यक्ष सुरजबीर बज्राचार्य , दबूका महा सचिव सुनिल महर्जन , उपाध्यक्ष रचना श्रेष्ठ , निवर्तमान अध्यक्ष श्रीकृष्ण श्रेष्ठ का साथै सल्लाहकारहरु विजयरत्न असंबरे र सुरेश किरण मानन्धर , आदिबासी जनजाति पत्रकार संघका उपाध्यक्ष अमरध्वज लामा ,  नेवाः टिभिका प्रमूख  नबिन जोशी, सन्चारडेस्क डटकमका बिराजकाजी राजोपाध्याय र सन्चारकर्मि हरु सुगतरत्न सिन्दुराकार,रेखा शाक्य लगायतले अाअाफ्नो राय प्रकट गरेका थिए ।

Categorized in उपत्यका