Home
STC 810x100 adv
  • गृहपृष्ठ
  • समाचार
    • राष्ट्रिय
    • राजनीति
    • अपराध/दुर्घटना
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • शिक्षा
    • कृषि/पर्यटन
    • विज्ञान/प्रविधि
    • स्वास्थ्य/मौसम
  • उपत्यका
  • विचार
  • मनाेरञ्जन
    • सिनेमा
    • साहित्य/कला
    • व्यक्तित्व
    • रोचक
  • अन्तर्वार्ता
  • बिजनेस
  • ग्यालरी
    • फोटो
    • भिडियो
nib 2082 5
nepal invistment new 31

कोरोनाबाट विश्वभरीमा चौथ हजार ७०४ को मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १०, सोमबार

कोरोनाबाट विश्वभरीमा चौथ हजार ७०४ को मृत्यु (अपडेट)

विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण सोमबारसम्म चौथ हजार ७०४ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरी तीन लाख ४० हजार ३२ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिमा ९९ हजार १६ जना उपचारपछि घर फर्किएका छन् । दुई लाख २६ हजार ३१२ व्यक्ति हाल सङ्क्रमित रहेका छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १९२ भन्दा बढी देशमा देखा परीसकेको छ । चीनको हुबेई प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । चीनको हुबेई प्रान्तको उहानबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट चीनभरी तीन हजार २७२ व्यक्तिको मृत्यु भएको छ भने, ८१ हजार ९३ जना सङ्क्रमित रहेका छन् । हाल कोरोना भाइरसको कारण अत्यन्त प्रभावित भएको इटालीमा यस रोगको सङ्क्रमणको कारण पाँच हजार ४७६ व्यक्तिको मृत्यु भएको छ । हाल ५९ हजार १३८ जना सङक्रमित रहेका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार सात हजार २४ व्यक्ति उपचारपछि घर फर्किएका छन् । इरानमा कोरोना भाइरसको सङ्क्रमणको कारण एक हजार ६८५ व्यक्तिको मृत्यु भएको छ । हाल २१ हजार ६८५ जना सङक्रमित रहेका छन् । सात हजार ९१३ व्यक्ति उपचारपछि घर फर्किएका बताइएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण स्पेनमा १ हजार ७७२ व्यक्तिको मृत्यु भएको छ । हाल २८ हजार ७६८ जना सङक्रमित रहेका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार दुई हजार ५७५ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । जर्मनी कोरोना भाइरसको सङ्क्रमणको कारण ९४ व्यक्तिको मृत्यु भएको छ । हाल २४ हजार ८७३ जना सङक्रमित रहेका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार २६६ उपचारपछि निको भएर घर फर्किएका छन् । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणको कारण ४५७ व्यक्तिको मृत्यु भएको छ । हाल ३५ हजार ६० जना सङक्रमित भने १७८ उपचारपछि निको भएर घर फर्किएका छन् । फ्रान्समा कोरोना भाइरस सङ्क्रमणको कारण ६७४ व्यक्तिको मृत्यु भएको छ । हाल १६ हजार १८ जना सङक्रमित रहेका छन् । एक हजार २९५ उपचारपछि निको भएर घर फर्किएका छन् । दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १११ व्यक्तिको मृत्यु भएको छ । आठ हजार ९६१ सङ्क्रमित भएका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार तीन हजार १६६ उपचारपछि निको भएर घर फर्किएका छन् । स्विट्जरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण ९८ व्यक्तिको मृत्यु भएको छ । सात हजार ७२४ सङ्क्रमित भएका छन् । यसैबीच १३१ जना भने उपचारपछि घर फर्किएका छन् । बेलायतमा कोरोना भाइरस सङ्क्रमणको कारण २८१ व्यक्तिको मृत्यु भएको छ । पाँच हजार ६८३ सङ्क्रमित भएका छन् । यसैबीच १३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । नेडरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण १७९ व्यक्तिको मृत्यु भएको छ । चार हजार २०४ सङ्क्रमित भएका छन् । यसैबीच २ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । अष्ट्रियामा कोरोना भाइरस सङ्क्रमणको कारण १६ व्यक्तिको मृत्यु भएको छ । तीन हजार ६१९ सङ्क्रमित भएका छन् । यसैबीच ९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । बेल्जियममा कोरोना भाइरस सङ्क्रमणको कारण ७५ व्यक्तिको मृत्यु भएको छ । तीन हजार ४०१ सङ्क्रमित भएका छन् । यसैबीच ३४० जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । भारतमा हालसम्म कोरोनाभाइरस सङ्क्रमणबाट सात व्यक्तिको मृत्यु भएको छ । अफगानिस्तानमा ४० मा सङ्क्रमण देखिएको र एकको मृत्यु भएको छ । (रासस÷एएफपी)
Categorized in अन्तर्राष्ट्रिय
Home

Kathmandu, Nepal
DIR No. 1956/077-78
सञ्चालक: सुजीव वज्राचार्य
बजार व्यवस्थापक : माधव न्याैपाने
सम्पादक : राकेश महर्जन
संरक्षक: बिजयकृष्ण श्रेष्ठ / बिजयरत्न तुलाधर

फोन नं. : ९८५१०८१७५०
विज्ञापनको लागि : ९८४६५२८५०२ (माधव न्याैपाने)
ईमेल : janjatikhabar@gmail.com

Info

  • गृहपृष्ठ
  • सम्पर्क
  • हाम्रो बारे

Quick Links

  • राष्ट्रिय
  • उपत्यका
  • राजनीति
  • विचार
  • सिनेमा
  • अपराध-दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • व्यक्तित्व
  • साहित्य-कला
  • रोचक
  • कृषि-पर्यटन
  • विज्ञान-प्रविधि
  • स्वास्थ्य-मौसम
  • अन्तर्वार्ता
  • बिजनेस

Janjati Khabar Latest

  • चलचित्र पत्रकारिता दिवसको अवसरमा सम्मान र पुरस्कार प्रदान गरिने
  • चलचित्रकर्मीहरूको अन्तिम श्रद्धाञ्जलीका लागि सविन श्रेष्ठद्वारा कर्रा हस्तान्तरण
  • भविष्य फिल्म्सले थर्ड आई आर्ट्सकाे टीका शुभारम्भ
  • शताब्दी पुरुष सत्यमोहन जन्म जयन्तीको अवसरमा पूर्णप्रसाद ब्राह्मणबारे कृति सार्वजनिक
  • चलचित्र कलाकार संघमा चुनावमा उत्तम केसी र सबिन श्रेष्ठबीच प्रतिस्पर्धा

Copyright © 2026 Janjati Khabar. All rights reserved. Developed by Asterisk Hubs.

Follow us