STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कोरोनाको कारण कीर्तिपुरमा सहिद दिवस स्थगित

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र २१, शुक्रबार

काठमाडाैं – विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरसको संक्रमणको रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले लकडाउनको निर्णय लिएपछि कीर्तिपुरमा मनाइने सहिद दिवस पनि स्थगित गरिएको छ । ‘सहिद स्मारक व्यवस्थापन समिति’ आयोजनामा वर्षेनी चैत २० गते कीर्तिपुरमा सहिद दिवस मनाउँदै आइरहेको थियो । कोरोना भाइरस संक्रमितबाट बच्न भीडभाड नगर्ने सरकारको आह्वानको कदर गर्दै समितिले यस वर्ष सहिद दिवस स्थगित गरिएको जानकारी दिएको छ । स्मरणीय छ, २०४६ सालको जनआन्दोलनमा निरंकुश पंचायती शासकविरुद्धको युद्धमा कीर्तिपुरका चारजनाले सहादत प्राप्त गरेका थिए । कीर्तिपुरका चार सहिद राजेन्द्र महर्जन, राजमान माली, हिराकाजी महर्जन र लनबहादुर महर्जन हुन् ।
Categorized in उपत्यका