STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कोभिड १९ का कारण चलचित्र महोत्सव निफ प्रभावित

Janjati Khabar – Janjati Khabar | २०७७ पौष ५, आइतबार

विश्वभर फैलिएको कोरोना संक्रमणको कारण   हरेक बर्ष फागुनमा सम्पन्न हुने गरेको नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (निफ) को चौथो संस्करण हाल तत्कालका लागि स्थगित गरिएको छ । फागुन महिनाको १२ देखि १६ ,फेब्रुअरी २४ देखि २८,२०२१ सम्म काठमाडौंमा गर्ने भनी घोषणा गरिएको फेस्टिभल कोरोना महामारीका कारण निर्धारित मितिमा हुन नसक्ने देखिएकोले अब आगामी बैशाख २३ देखी २७,२०७८ (May 6-10) मा हुने आयोजकले जनाएको हो । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा वर्षेनी हुँदै आएको फेस्टिभलको नयाँ मिती तोकिएको आयोजक संस्थाका अध्यक्ष केपी पाठकले विज्ञप्तिमार्फत जनाएका हुन् ।

आयोजकले पूर्व निर्धारित मितिमा फेस्टिभल गर्ने गरी विश्वभरका फिल्ममेकरबाट फेस्टिभलमा सहभागिताका लागि आवेदन पनि खुला गरेको थियो । २०२० को  जुलाई १ देखि नोभेम्बर ३० सम्म तोकिएको समयावधिमा ५२ देशका ४०० चलचित्रले सहभागिता को लागि आबेदन दिएका छन् ।  यसरी प्राप्त फिल्ममध्येबाट छानिएका फिल्मको सूची फ्रेब्रुअरी २० सार्वजनिक गरिने आयोजक संस्थाका अध्यक्ष केपी पाठकले जनाएका छन् ।  

आयाेजक संस्था का अध्यक्ष पाठकले  महामारीका कारण फिल्ममेकर चाहेर पनि फेस्टिभलमा सहभागी हुन सक्ने अवस्था नरहेको र भर्चुअल रुपमा गर्ने विकल्प खास प्रभावकारी नलागेको भन्दै उहाँले केही समय कुर्दा पुरानै स्वरुपमा फेस्टिभल गर्न सकिन्छ भन्ने अपेक्षासहित केही समयलाई स्थगित गर्ने निर्णय गरेका हौं भनि भन्नु भयो ।

‘विश्वका कथाहरुको कथ्य उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्य सहित सुरुभएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मको विधा थप गरिएको छ ।  ‘बेस्ट पान्डेमिक फिल्म’ नाम दिइएको यो विधामा विजेता फिल्मले ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने अध्यक्ष पाठकले जानकारी गराए । राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी दुई भागमा बाँडेर प्रदान गरिने अवार्डमा अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ भने International Federation of film societies  IFFS Don Quijote Award र  यसैगरी अन्तर्राष्ट्रिय विधा तर्फै सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेष्ट अवार्ड , सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलर राशिको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशिको बाग्मती अर्वाड प्रदान गरिनेछ । साथै,नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई रु १ लाख नगद, उत्कृष्ट सर्ट फिल्मलाई रु ५० हजार नगद र सर्ट फिल्म मध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफि प्रदान गरिनेछ । यो बाहेक फिचर फिल्म विधा तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाँकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिने कुरा पनि आयाेजक संस्था ले जारी गरेको विज्ञप्ति मा जनाइएको छ  ।

Categorized in साहित्य-कला