relans
ni new 83
nib 2082 5

कोभिडविरुद्ध लड्न अमेरिकाले नेपाललाई थप ८५ लाख डलर दिने

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १९, आइतबार

काठमाडौं -कोभिडविरुद्ध लड्नका लागि नेपाललाई अमेरिकाले थप ८५ लाख डलर सहयोग उपलब्ध गराउने भएको छ ।

कोभिड–१९ विरुद्धको लडाईका लागि सो सहयोग प्रदान गरिएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

अमेरिकी सहयोग नियोग (युएसएआइडी) मार्फत् सो सहयोग प्रदान गरिएको दूतावासले विज्ञप्ती निकालेर जानकारी दिएको छ ।

‘नेपालमा कोभिड–१९ को केसको संख्या बढेर फेरि असहज परिस्थिती सृजना हुन लागेको पृष्ठभूमिमा अमेरिकी सरकारले युएसएआइडीमार्फत ८५ लाख डलर बराबरको थप आपतकालीन प्रतिकार्य सहयोग उपलब्ध गराउने घोषणा गरेको छ’–विज्ञप्तीमा लेखिएको छ ।

थप सहयोगले नेपाललाई कोभिड–१९ सम्बन्धी परीक्षण, अनुसन्धान, कन्ट्याक्ट ट्रेसिङ, उपचार, संक्रमण रोकथाम, नियन्त्रण, सीमा नियन्त्रण र संघीय, प्रादेशिक तथा स्थानीय तहमा थप काम गर्न सहयोग पुग्ने दूतावासले जनाएको छ ।

‘यो रकम नेपाली जनताको रोगसँग लड्ने क्षमता विकासका साथै नेपाल सरकारको कोभिड–१९ को जाँच, व्यवस्थापन, उपाचार, संक्रमण नियन्त्रण तथा तीन तहको सरकारका कोभिड सम्बन्धी विभिन्न कार्यक्रमलाई तीव्रता दिनका लागि खर्च हुनेछ’– विज्ञप्तीमा लेखिएको छ ।

महामारीको सुरुवातदेखि नै नेपाललाई सहयोग गर्दै आएको दूतावासले जनाएको छ । कोभिड महामारीविरुद्धको लडाईमा नेपाल सरकारको साथमा अमेरिकासँगै रहेको समेत दूतावासले जनाएको छ ।

Categorized in राष्ट्रिय
ppp 2