STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कोटेश्वरमा ‘अन्डरपास’ र ‘फ्लाइओभर’को लागि जापानसँग ३१ अर्ब ऋण लिइने

Janjati Khabar – Janjati Khabar | २०८० माघ ९, मंगलबार

काठमाडौं- सरकारले कोटेश्वरमा ‘अन्डरपास’ र ‘फ्लाइओभर’सहितका संरचना निर्माण गर्न जापानसँग ३१ अर्ब २ करोड रुपैयाँ बराबर ऋण लिने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोटेश्वर ‘इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट’ कार्यान्वयन गर्न ३४ अर्ब ४९ करोड जापानी येन (करिब ३१ अर्ब २ करोड रुपैयाँ) बराबर सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन जापान सरकारसँग वार्ता गर्न टोली गठन गरेको छ ।

कोटेश्वर क्षेत्रमा बन्ने संरचनाको सम्भाव्यता अध्ययनको काम जापानी सहयोग नियोग जाइकाले गरिसकेको छ । योजनाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिणी भागमुनि अन्डरपास र जडीबुटीदेखि कोटेश्वर चोकसम्म फ्लाइओभर निर्माण योजना छ ।सरकारले आर्थिक वर्ष २०७४/७५ बाट यो योजनालाई बजेट तथा कार्यक्रममा राख्दै आएको छ ।

Categorized in उपत्यका