STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

कैलाश सिरोहिया हाजिरी जमानतमा रिहा

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ १६, बुधबार

काठमाडौं - कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानतमा छुटेका छन्। 

अनुसन्धानका लागि हिरासतमा राखिरहन आवश्यक नपर्ने भएकोले हाजिरी जमानतमा छोडिएको हो।

‘सरकारी वकिल कार्यालय धनुषासँग अनुमति लिएर धनुषा प्रहरीले कैलाश सिरोहियालाई छोड्न भनेपछि ललितपुर प्रहरीले उनलाई छोडेको हो ।

उनका छोरा सम्भव सिरोहियाको रोहबरमा अनुसन्धानको लागि आवश्यक परेकोले बेलामा उपस्थित गराउनुपर्ने शर्तमा उनी छुटेका हुन्।

उनलाई फौजदारी कार्यविधि संहिताको दफा १५ को उपदफा १ बमोजिम परिवारका सदस्यको जमानतमा छोडिएको हो।

Categorized in अपराध-दुर्घटना