STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कैदीबन्दी सरुवाको विरोधामा झापा कारागार तनावग्रस्त

Janjati Khabar – Janjati Khabar | २०८० श्रावण १९, शुक्रबार

काठमाडौँ  - जिल्ला कारागार झापामा आज दिउँसो तनावग्रस्त बनेको छ । चौकीदारको सरुवाको विरोधामा झडप हुँदा कारागार परिसर आज पुरै तनावग्रस्त बनेको हो ।

कारागार व्यवस्था विभागले चौकिदार मनोज लावतीसहित चार जना कैदीलाई झुम्का कारागार सरुवा गर्ने निर्णय गरेको थियो । सरुवाको निर्णय भएका चौकीदारलाई सार्न खोज्दा आज दिउँसो झडप भएको प्रहरीले जनाएको छ ।

कैदीबन्दीलाई सार्ने निर्णयको विरोधमा उनीहरुले भित्रबाट बाहिर ढुंगामुढा गर्नुका साथै कारागार भित्रै टायर बालेर प्रदर्शन गरेका थिए । कैदीबन्दीले कारागार भित्रै बालेको आगो निभाउन प्रहरीले दकमल प्रयोग गरेको थियो ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसार शुक्रबार प्रहरीले सरुवाका लागि चौकीदार मनोज लावतीलाई बाहिर निकालेको थियो । तर कैदीबन्दीको विरोध र आगजनी प्रयासपछि भने उनलाई कारागार भित्रै पठाइएको छ ।

कारागारबाटै कैदीबन्दी भाग्ने अवस्था बनेपछि कारागारलाई घेरेर केही राउण्ड हवाइ फायर पनि गरेको उनले बताए । सरुवाका लागि कारागारबाट बाहिर निकालिएका चौकीदार लावतीलाई झापामै छाडेपछि अवस्था सामान्य बनेको उनले बताए । अहिले कारागारको अवस्था साम्य भएको छ ।

Categorized in अपराध-दुर्घटना