STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

केपी ओलीले भने– सरकारले तोकेको प्रदेश राजधानी र प्रमुखमा हाम्रो सहमति छैन

Janjati Khabar – जनजाति खबर | २०७४ माघ ४, बिहिबार

एमाले अध्यक्ष  केपी शर्मा ओलीले सरकारले नियुक्त गरेको प्रदेश प्रमुखका साथै प्रदेशको अस्थायी राजधानीबारे वाम गठबन्धनको समर्थन नरहेको बताएका छन् । थाइल्याण्डमा स्वास्थ्य उपचार गराएर बिहिबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै  ओलीले सरकारलाई प्रदेश  प्रमुख र अस्थायी राजधानी तोक्ने आफूहरुले सरकारलाई सहमति दिएको भएपनि मनपरी नियुक्ति गरिएको आरोप लगाए । ‘ अहिले तोकिएका प्रदेश र राजधानीको र प्रमुख प्रति हाम्रो सहमति छैन ’, ओलीले भने, ‘ मनपरी ढंगले सरकारले प्रदेश राजधानी र प्रमुख तोक्ने काम गरेको छ ।’  
Categorized in खेलकुद