STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

केकीको फिल्म ‘बोक्सीको घर’को फस्टलुक पोस्टर रिलिज

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण ४, शुक्रबार

काठमाडौं - अभिनेत्री केकी अधिकारीले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’को फस्टलुक पोस्टर रिलिज गरिएको छ । 

आगामी वर्षको वैशाख १४ गते रिलिज हुने फिल्मको पोस्टर फिल्म युनिटले बुधबार सार्वजनिक गरेको हो ।

पोस्टर नेपाली समाजले बोक्सीका बारेमा बनाएको धारणामा आधारित छ । पोस्टर फिल्मको नामसँग मिल्ने गरी बिम्बात्मक रुपमा डिजाइन गरिएको छ । नेपाली समाजमा बोक्सीले कपाल फिजाएर रातो साडी लगाएर पूर्णिमाको दिनमा पिपलको रुखमा गएर पूजा गर्छन् भन्ने भनाइ छ ।

पोस्टर पनि यस्तै शैलीमा डिजाइन गरिएको छ । पोस्टरमा महिलाको अनुहार लुकाएर पछाडिको भाग देखाइएको छ । पूर्णिमाको चन्द्रमालाई डिजाइनमा समावेश गरिएको छ ।

सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म केकी अधिकारी फिल्मसले निर्माण गरेको हो । फिल्मका निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् । कार्यकारी निर्माता राज घिमिरे हुन् ।

फिल्ममा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ ।

लोचन रिजालको पाश्र्व संगीत रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन, लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले यो फिल्म वितरण गर्नेछ ।

Categorized in सिनेमा