STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कुवाको भ्यागुताको कुवै संसार : चुनावी सरकारको बजेट !

Janjati Khabar – उशाल | २०७८ जेठ १८, मंगलबार

हालको राष्ट्रको हालत हेरौं न, कति नाजुक अवस्थामा गुज्रिरहेको छ । नयाँ भेरियन्टका कोरोना भाइरस कुना काप्चामा फैलिरहेका छन्, अकल्पनीय रुपमा जनताहरु मृत्युका शरणमा पुगिरहेका छन् । सरकार कुर्सीको लागि “तेलकासा” खेलिरहेका छन् । सरकार देश र जनताका अभिभावकका रुपमा हैनन् कि व्यक्तिगत स्वार्थ सिद्ध गर्ने मन्त्र जप्नमा व्यस्त भइरहेका छन् ।

उहिल्यै नै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओली आफू शक्तिशाली शासकको उपमा स्वरुप देशमा रजाइँको ताण्डव नृत्य प्रदर्शन गर्नमा तल्लीन छन् । केवल ६ महिनाको सरकारले वर्षौवर्षको पूर्ण बजेट ल्याएर चुनावी आकर्षणको रुपमा सीमित स्वार्थपूर्ण बजेट सार्वजनिक गरेर जनतालाई “चाकु देखाई झिंगा मार्ने” अस्त्र र मन्त्र प्रहार गरेका छन् । बजेटलाई लिएर विपक्षी पार्टीका नेताहरु यदि चुनावबाट हामी सत्तामा आएँ भने यो बजेट खारेज गरी नयाँ बजेट ल्याउने छौं भनिरहेका छन् । वास्तवमा जो सत्तामा आए पनि अवश्य पनि चर्तिकला देखाउने छ कि हालको केपी ओलीकै नेतृत्वको सरकारको जस्तो । “जुन जोगी आए पनि कानै चिरेको” उखानको यथार्थतामा तरंगित छन् नेपाल हाँक्ने सम्पूर्ण शासकहरुमा ।

सरकार चलाउनेहरु राष्ट्र र जनताको सेवकको रुपमा नभई शासनलाई आफ्नो जागिरको रुपमा मात्र प्रयोग गरिरहेका छन् । जनतालाई भोट बैंक, कुर्सी आफ्नो तलब र पारिश्रमिक । यदि देश हाँक्ने सम्पूर्ण दल र दलका नेताहरुमा निःस्थार्थ भावना जागृत भएको भए २०४६ सालको जनआन्दोलन पश्चात् देखि नै देश र जनताको भलो हुने थियो । तर, देश र जनताको भलो भएन मात्र शासक र आसेपासेको मात्र भलो भएको देखियो । अब, होला कि नहोला भन्न सकिन्नँ चुनावको मिति घोषणा गरी बच्चालाई चकलेट देखाउँने स्वरुपको बजेट ल्याइएको छ । सचेत बजेट विश्लेषकहरु बजेटप्रति खिल्ली उडाइरहेका छन्  कि नाटकीय रुपमा “कुवाको भ्यागुताको कुवै संसार,चुनावी सरकारको बजेट !” जनताहरुले बुझ्नु पर्ने परिस्थिति सिर्जित भइसकेको छ ।

Categorized in विचार