STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कीर्तिमानी धावक मानन्धरलाई ‘लाइफ टाइम एचिभमेन्ट’ अवार्ड

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण ३१, आइतबार

दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत म्याराथनका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर ‘लाइफ टाइम एचिभमेन्ट’ अवार्डबाट शनिबार सम्मानित भएका छन् । डा. खगेन्द्र स्पोर्ट्स फाउन्डेसनले मानन्धरलाई नेपाली खेलकुदमा पुर्‍याएको योगदानको कदर गर्दै ‘लाइफ टाइम एचिभमेन्ट’ अवार्डबाट सम्मान गरेको हो ।

सागको लगातार तीन संस्करणमा स्वर्ण जित्ने मानन्धर पहिलो नेपाली खेलाडी हुन् । उनले सुरुका तीन संस्करणको म्याराथनमा स्वर्ण जितेका थिए । १९८७ मा भारतको कोलकातामा भएको तेश्रो सागमा वैकुण्ठले स्वर्ण जित्ने क्रममा निकालेको २ घण्टा १५ मिनेट ०३ सेकेन्डको समय सागको १३ औं संस्करणको समाप्तिसम्म कसैले तोड्न सकेको छैन । विश्व खेलकुदको सबैभन्दा ठूलो खेल महोत्सव ओलम्पिक सर्वाधिक खेल्ने नेपाली खेलाडीको सूचीमा मानन्धर सबैभन्दा अगाडि छन् । उनले ओलम्पिकको चार संस्करणमा नेपालको प्रतिनिधित्व गरेका छन् ।

फाउन्डेसनका अध्यक्ष डा. खगेन्द्रबहादुर श्रेष्ठ तथा पूर्व धावक एवं गीतकार बुद्धवीर लामाले मानन्धरलाई सम्मान पत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे । सोही अवसरमा कलाकारत्रय भ्वाइस अफ नेपाल सिजन थ्रीका विजेता किरण गजमेर, गायिकका टीका लामिछाने र गीतकार/संगीतकार खेम रिजाल तथा समाजसेवी रुद्र बानियाँलाई प्रतिभा सम्मान पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो ।

Categorized in खेलकुद