STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कीर्तिपुर हस्पिटलको लापरवाही, अब कोरोना संक्रमणको डरत्रास !

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १७, सोमबार

कीर्तिपुर– चैत ८ गते शनिबार दुबईबाट नेपाल फर्केकी र कीर्तिपुरमा डेरा गरी बस्ने आफ्नो दाजुको कोठामा बस्दै आएकी कल्पना लावतीलाई उच्च ज्वरो आएको र श्वास फेर्न गाह्रो भएको कारण कीर्तिपुर अस्पतालमा उपचारको लागि चैत १६ गते आइतबार साँझ ६ः३० बजे लगिएको थियो । केही सामान्य उपचारपछि कीर्तिपुर अस्पतालका चिकित्सकहरुले कल्पना लावतीलाई कोरोना भाइरस संक्रमण भएको आशंकामा उनको र्यालसँगै उनलाई परीक्षणको लागि पाटन अस्पताल रिफर गरिएको थियो । अहिले ती महिला पाटन अस्पतालमा उपचारार्थ छिन् र चिकित्सकहरुको सोधपुछमा ती महिलाले आफ्नो परिचय खुलाउन नचाहेको जानकारीमा आएको छ । तर, यहाँ कीर्तिपुर अस्पतालको गम्भीर लापरवाहीका कारण अब कीर्तिपुरमा कोरोना भाइरस फैलिने उच्च जोखिममा परेका गुनासाहरु सुन्नमा आइरहेका छन् । कीर्तिपुर अस्पतालमा हिजो आइतबार साँझ, कोरोना भाइरस संक्रमित आशंका गरिएकी ती महिला कल्पना लावती करिब ३० मिनेट बसेकी रहिछन् । पाटन अस्पताल रिफरपछि ती महिला बसेको ठाउँ अस्पताल सफा गर्ने कर्मचारी क्लिनरले तुरुन्त सफा गर्नुपर्ने हो, क्लिनरहरुको कर्तव्य पनि हो । अझ संसारमै महामारीको रुप लिइएको कोरोना संक्रमितको आंशका गरेकी महिला बसेकी ठाउँ त झन् तदारुकताकासाथ सफा गर्नुपर्ने हो । तर ती क्लिनरहरुले समयमा सफा गरिदिएन भन्ने गुनासो स्थानीय भुवन महर्जनले गरेका छन् । उनी अस्पतालमा आफ्ना बुबाको ब्लड चेकअपमा लागि पुगेका थिए । महर्जनले भने, “मैले प्रत्यक्ष देखेको छु कि कोरोना भाइरस संक्रमित आशंका गरेकी महिला आधा घण्टाजति बसेको ठाउँमा अस्पतालका क्लिनरहरुले समयमै सफा गरेनन् । क्लिनरको ड्युटी–टाइम सकिन लागेकोले तिनले त्यत्तिकै छोडिदिए भने अर्का क्लिनर ड्युटीमा आइसकेपछि मात्र घण्टौं समयपछि मात्र सफाइ गरियो । सफाइ गर्न मात्र साबुन पानीको प्रयोग गरिएको थियो । कुनै स्तरिय कीटनाशक औषधियुक्त सामग्रीले सफा गरिएन । डाक्टर, नर्सहरुले त समयमैं भनेको हो, सफा गर्नुपर्छ भनेर । तर क्लिनरहरुको बेवास्ताले घण्टौंपछि मात्र सफाइ भयो । के यो अस्पताल र अस्पताल प्रशासनको लापरवाही होइन र ?” यस घटनापछि महर्जनले अस्पतालभित्र कोरोना भाइरस सल्बलाइरहेको डरत्रास हुन थालेको र अस्पताल छिर्न नै डर लाग्न थालेको बताउँछन् । यसलाई अस्पतालको लापरवाही नै भन्दा फरक पर्दैन । विश्व नै त्रसित भइरहेको तथा सतर्कता अपनाइरहेको अवस्थामा कीर्तिपुर अस्पतालले यत्रो ठूलो गम्भीर लापरवाही गरेको छ । अब कीर्तिपुर अस्पतालमा कडाइका साथ त्यहाँ रहेका डाक्टर, नर्स, कर्मचारीदेखि बिरामी र बिरामी कुरुवाहरुको राम्रो परीक्षण हुनुपर्छ । सम्बन्धित निकायले छानबिनको लागि प्रशासनलाई कानुनी दायरामा ल्याउनुपर्दछ । यदि कानुन र सम्बन्धित निकाय पनि फितलो भएमा कीर्तिपुर कोरोना भाइरस संक्रमणको केन्द्रविन्दु हुन बेर छैन ।

विनापरीक्षण विदेशबाट फर्किएकालाई रहनदिनु गम्भीर गल्ती

चैत ८ गते शनिबार दुबईबाट फर्केकी कल्पना लावती विनापरीक्षण आफ्नो दाजुको कोठामा आई बस्नुमा एक त घरधनीको ठूलो गल्ती र कमजोरी देखिन्छ । कोरोना संक्रमणको यत्रो संत्रास फैलिरहेको समयमा बिनासोधपुछ घरमा बस्न दिनु भनेकै रोग निम्त्याउनु हो । अनि, दुबईबाट फर्केकी कल्पना लावती, कीर्तिपुर नगरपालिका १ वडा बाघभैरवस्थित हिलटाउन स्कुलका सुरक्षागार्डमा कार्यरत दीपक लावतीकी बहिनी हुन् । दीपक लावतीकै कोठामा कल्पना लावती बसेकी हुन् । स्कुल जस्तो संवेदनशील क्षेत्रमै यस्तो लापरवाही भएको कारण अब कीर्तिपुर कोरोना भाइरस संक्रमणबाट असुरक्षित भएको महसुस त्यहाँका स्थानीय बासिन्दाले गरेका छन् । हिलटाउन स्कुल वरपर अधिकांश बुद्धिजीवि एवं सचेत, शिक्षित नागरिकहरुको बसोबास छ । र पनि यस्तो बेवास्ता र लापरवाही भएकोमा स्थानीयहरु चिन्तित हुन बाध्य भएका छन् । शिक्षा क्षेत्रका वाैद्धिक व्यक्तित्व डा. हिराबहादुर महर्जन त्यस स्कुलका पूर्वप्रिन्सिपल रहिसकेका थिए भने वर्तमान कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले सोही स्कुलमा प्रिन्सिपल प्राचार्यको भूमिका निर्वाह गरिसकेको थियो । हाल स्थानीय १० वडा इताछेँ टोलका राजन तण्डुकार प्रिन्सिपलको रुपमा कार्यरत् छन् । [caption id="attachment_33455" align="alignnone" width="900"] हिलटाउन स्कुल[/caption] यस्तै १ वडाका जननिर्वाचित वडाध्यक्ष, सदस्य, टोलबासी तथा घरधनी सबैले समयमै सतर्कता नअपनाएका कारण विदेशबाट फर्किएकी कल्पना लावतीलाई बिनापरीक्षण त्यहाँ रहन दिएकोलाई गम्भीर गल्ती र लापरवाहीको रुपमा लिन सकिन्छ । अब, दुबईबाट फर्केकी कल्पना लावती बसेको घर पत्ता लगाई, घरका सम्पूर्ण परिवार, कल्पना लावतीकी दाजु र उनका परिवार, टोल वरपरका पसल तथा शंकास्पद टोलबासीहरुको परीक्षणमा कीर्तिपुर नगरपालिका, सुरक्षा निकायदेखि सम्बन्धित निकायले तदारुकताकासाथ तुरुन्त पहल गर्नुपर्दछ । नत्र कोरोना भाइरस कोभिड १९ को नेपालमा महामारीको सुरुवात कीर्तिपुरबाट सुरुवात हुनेमा कुनै शंका छैन । यस पहलकदमीको लागि सम्पूर्ण कीर्तिपुरबासी एक हुनु जरुरी भइसकेको छ । समय छ, संयमित भई बेलैमा सोचौं र सचेत एवं सतर्कता अपनाऔं ।
Categorized in विचार