STC 810x100 adv
Swasthya Mantralaya

कीर्तिपुर सिंगिङ आइडल ११४२ मा राम्रो प्रस्तुति गर्नेछु : नवप्रतिभा गायिका एकता महर्जन

Janjati Khabar – ललेन्द्र शाक्य | २०७८ मङ्सिर ७, मंगलबार

कीर्तिपुर/एकता महर्जन, कीर्तिपुर नगरपालिका १० वडा, गुतपौ टोल निवासी नवोदित नवप्रतिभा गायिका हुन् । हाल एकता कीर्तिपुर नगरपालिकाद्वारा आयोजित ‘कीर्तिपुर सिंगिङ आइडल ११४२’ मा भाग लिइरहेकी छिन् ।

सानै उमेरदेखि गायन क्षेत्रमा झुकाब भएकी नवप्रतिभा गायिका एकता महर्जन हाल कक्षा ११ मा अध्ययनरत छिन् । स्कूलमा अतिरिक्त क्रियाकलापको रुपमा स्काउटतिर पनि लागेकी नवप्रतिभा गायिका एकताको भविष्यको चाहना एक राम्री गायिका बन्ने सपना बुन्दै आइरहेकी छिन् ।

कीर्तिपुरका संचारकर्मी ललितराज महर्जन र नीता महर्जनकी प्रथम सुपुत्री एकता महर्जन कीर्तिपुर नगरपालिकाको आयोजनामा भइरहेको ‘कीर्तिपुर सिंगिङ आइडल ११४२’मा उपाधि नै जित्ने आशा नभए पनि आफूले उत्कृष्ट प्रतिभा प्रष्फुटन गर्ने सोंचमा मग्न भई हाल गम्भीर रुपमा रियाजतिर लागेकी छिन् ।

कीर्तिपुर सिंगिङ आइडल ११४२ मा आफूले पहिलो पटक सांगितिक प्रतियोगितामा भाग लिएको हुनाले कतै डर पनि लागिरहेको मनका भावना सुनाउँदै नवोदित गायिका एकता महर्जनले  जुन डरलाई आफूले जित्ने दृढ अठोट लिएकी छिन् ।

रिकर्डिङ स्टुडियोमा आफूले एक गीतमा स्वर पनि दिएको र जुन गीत बजारमा हालसम्म पनि रिलिज नभएको जानकारी दिदैं नवोदित गायिका एकता महर्जनले गायिका बन्नको लागि आफ्ना आमाबुबाको पूर्ण रुपमा समर्थन, सहयोग, हौसला र आशिर्वाद साथमा भएको कुरा पनि सुनाउँछिन् । जसले गर्दा आफू अति नै उत्साहित भई आफ्नो अध्ययन संगसंगै संगीत क्षेत्रमा पनि समर्पित हुँदै आइरहेकी बताउँछिन् ।

नवप्रतिभा गायिका एकता महर्जनकी बुबा संचारकर्मी ललितराज महर्जन पनि छोरीको इच्छा हो, कसैको पनि इच्छालाई मार्नु हुँदैन भन्ने सोंच भएका अभिभावक हुन् । आफू पनि संगीतप्रेमी भएको नाताले छोरी एकताको गायिका बन्ने चाहना आफूले सकेसम्म पूरा गरी छाड्ने प्रतिबद्धतामा अडिग हुनुहुन्छ संचारकर्मी एवं एकताकी बुबा ललितराज महर्जन ।

अब कीर्तिपुर सिंगिङ आइडल ११४२ को दोस्रो चरणको प्रतियोगितामा आफूले सदाबहार गायिका तारादेवीको गीत प्रस्तुत गर्ने जानकारी दिइन् नवप्रतिभा गायिका एकता महर्जनले ।

Categorized in साहित्य-कला
kmc sujib