STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कीर्तिपुर–४ चम्पादेवीमा ग्रीनरी भ्यू–प्वाइन्ट रिसोर्ट : कीर्तिपुर नगरकै शान र गौरव

Janjati Khabar – ललेन्द्र शाक्य | २०७८ कार्तिक ३०, मंगलबार

ललेन्द्र शाक्य

कीर्तिपुर/उत्तरी भागमा अवस्थित पश्चिमदेखि पूर्व सम्मका टलल्ल टल्केका सेताम्मे हिमाल आकर्षक एवं झलमल्ल मनमोहक रुपमा देखिने, साथै काठमाडौं उपत्यका र कीर्तिपुरको बनोट छरपष्ट देखिने साथै दक्षिणी भेगमा चम्पादेवी डाँडोको मनोरम सुन्दर हरियाली वातावरणको रस्वादनको नजर गर्नसकिने कीर्तिपुर नगरपालिका ४ वडा चम्पादेवीको काखमा रहेको र  पुष्पलाल पार्कभन्दा अलिक माथि ‘ग्रीनरी भ्यू–प्वाइन्ट रिसोर्ट’ पर्यटकीय गन्तव्यको रुपमा पथप्रदर्शक भई उभिएको छ ।

हालै मात्र संचालनमा आएको उक्त रिसोर्ट बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको हातबाट उद्घाटन भएको हो । उक्त रिसोर्टबारे जानकारी दिनको लागि सोमबार एक पत्रकार सम्मेलन गरिएको थियो । उक्त रिसोर्टका संचालक व्यवसायी एवं राजनीतिकर्मी बद्री बुढाथोकीले रिसोर्टका सम्पूर्ण जानकारी पत्रकार सम्मेलनमा प्रस्तुत गर्नुभएको थियो । सुविधा सम्पन्न उक्त रिसोर्ट पर्यटकीय गन्तव्यको रुपमा स्थापित गरिएको जानकारी दिनुहुँदै संचालक बद्री बुढाथोकीले ग्रीनरी भ्यू–प्वाइन्ट रिसोर्ट व्यवसायिक रुपमा भन्दा पनि पर्यटकहरुको खुशीलाई प्राथमिकता दिने उद्देश्यका साथ संचालनमा ल्याएको जानकारी दिनुभयो ।

 

रिसोर्टमा रेष्टुरेन्टदेखि बास बस्न विभिन्न आकर्षक कोठाहरु पनि उपलब्ध हुने जानकारी दिनुहुँदै रिसोर्ट संचालक बुढाथोकीले  पर्यटकहरुका लागि सुविधायुक्त स्वीट रुमदेखि सिम्पल रुमसम्म रिसोर्टमा रहेको जानकारी दिनुभयो । उहाँले रुम चार्जको रुपमा १५ सयदेखि ५ हजारसम्मका कोठाहरु पर्यटकहरुका लागि उपलब्ध हुने जानकारी पनि दिनुभयो । उहाँले रिसोर्टमा ‘वन आवर’का लागि रुममा बस्ने आन्तरिक या वाह्य पर्यटकहरुलाई पूर्ण रुपमा निस्तेज गर्ने रिसोर्टको ‘रुल एण्ड रेगुलेशन’ भएको बताउँदै परिचय पत्रका साथ ‘होल नाइट’  बास बस्ने पर्यटकहरुलाई मात्र प्राथमिकतामा राखेको जानकारी दिनुभयो । उहाँले पर्यटकहरुको रुची र चाहना अनुसारका खाद्य परिकारहरु पनि उपलब्ध गराउने  प्रतिबद्धता पनि गर्नुभएको छ ।

कीर्तिपुर नगरकै शान र गौरवको रुपमा स्थापित ग्रीनरी भ्यू–प्वाइन्ट रिसोर्ट सभ्य नागरिकहरुको गन्तव्य स्थल हुने र रिसोर्ट, आफ्नो क्षेत्र एवं कीर्तिपुर नगरको बदनाम हुनेगरी रिसोर्टले कदापी पाईला नचाल्ने विचार पनि संचालक बद्री बुढाथोकीले उक्त पत्रकार सम्मेलनमा राख्नुभयो ।

कोरोना महामारीका कारण देशको पर्यटन व्यवसाय सुस्ताएको र धयाशायी अवस्थामा रहेता पनि ग्रीनरी भ्यू–प्वाइन्ट रिसोर्टले कीर्तिपुर क्षेत्रबाट फेरि उकास्ने र पर्यटन व्यवसायलाई उच्च विन्दुमा पु¥याउने जमर्को गरेको धारणा संचालक बुढाथोकी राख्नुहुन्छ । रिसोर्ट पूर्णरुपमा पारिवारिक वातावरणमा रहेको छ भने करिब ३० जनाको हाराहारीमा कुनै पनि सेमीनार, गोष्ठी, सभा समारोह गर्न आकर्षक हल पनि उपलब्ध छ । यस्तै बार हलमा सांगितिक कार्यक्रमको लागि स्टेज पनि रहेको ग्रीनरी भ्यू–प्वाइन्ट रिसोर्टले पर्यटकहरुका लागि ‘माउण्टेन हवाइ टूर’को पनि व्यवस्था गरिएको छ ।

कीर्तिपुरका संचारकर्मी ज्ञानकुमार महर्जनले संचालन गर्नुभएको उक्त पत्रकार सम्मेलनमा रिसोर्ट संचालक बद्री बुढाथोकीले आफू राजनीतिकर्मी भएका कारण रिसोर्टलाई नाफामूलक भन्दा पनि समूहगत पहिचानको रुपमा अगाडि लाने विचार पनि पोख्नु भयो । उहाँले निकट भविष्यमैं काठमाडौं उपत्यका एवं हिमालको दृष्यावलोकन गर्न ‘ब्यानाकुलर टावर’ पनि स्थापना गर्ने रिसोर्टको योजना रहेको जानकारी दिनुभयो ।

अन्तमा, उक्त पत्रकार सम्मेलनमा रिसोर्ट संचालक बद्री बुढाथोकीले ग्रीनरी भ्यू–प्वाइन्ट रिसोर्टमा कीर्तिपुरका जनसमुदाय एवं कीर्तिपुर बाहिरका सम्पूर्ण प्रकृतिप्रेमीहरुलाई परिवारका साथ रिसोर्ट अवलोकनको लागि अनुरोध गर्नुभएको छ ।

Categorized in कृषि-पर्यटन