STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कीर्तिपुरकी म्यूजिक भिडियो नव परिकल्पनाकार : राज्यलक्ष्मी महर्जन “सुस्तरी” देखि “मां लुमनाः वइ” सम्म

Janjati Khabar – उशाल | २०८० आश्विन २, मंगलबार

कीर्तिपुर/ऐतिहासिक कीर्तिपुर नगर, एक सांस्कृतिक एवं कलाकर्मीहरुको भण्डारको नगर पनि हो । यही भण्डारमा म्यूजिक भिडियो क्षेत्रमा नयाँ सोँच र नयाँ उमंगका साथ कीर्तिपुरबाट युवावर्गमाँझ लक्षित कन्सेप्ट राईटर, एक नव परिकल्पनाकारको पनि उदय भएको छ ।

उहाँ कन्सेप्ट राईटर अर्थात् परिकल्पनाकारले केही महिना अघिमात्र रिलिज भएको कीर्तिपुरका खेलाडी एवं संगीतकर्मी भुवन महर्जनको रचना संगीत तथा एरोन महर्जनको स्वरमा सजिएको ‘सुस्तरी’ नामक म्यूजिक भिडियोबाट एक कन्सेप्ट राईटरको रुपमा डेब्यु गर्नुभएको थियो भने हालै मात्र विरेन्द्र चावलको स्वरमा बरिष्ठ संगीतकर्मी अमरराज शर्माको संगीतमा तथा अनिष शाक्यको रचनामा नेपालभाषाको ‘मां लुमनाः वइ’ म्यूजिक भिडियोको उहाँ कन्सेप्ट राईटरको रुपमा आउनु भएको छ ।

‘सुस्तरी’ म्यूजिक भिडियोको परिकल्पना भर्खरका युवाजमात लक्षित देखिन्छ र नौलो सोँचको कन्सेप्टको रुपमा लिन सकिन्छ अर्थात् उक्त म्यूजिक भिडियोमा आकर्षण गर्ने पक्ष समेटिएको नौलोपन झल्किन्छ । म्यूजिक भिडियो मनमोहक छ । त्यस्तै, हालै रिलिज भएको ‘मां लुमनाः वइ’ म्यूजिक भिडियोका सम्पूर्ण दृष्य  मार्मिकताको वातावरणमा घुलमिल गराई परिकल्पना गर्नुभएको छ उहाँले ।

आमाको यादमा समर्पित उक्त म्यूजिक भिडियो सुरुदेखि अन्त्यसम्म एकचित्त भई हेर्न बाध्य पारिएको छ उहाँ नव परिकल्पनार उहाँले । म्यूजिक भिडियोका नव परिकल्पनाकार एवं कन्सेप्ट राईटर हुनुहुन्छ यहाँ कीर्तिपुर नगरपालिका ९ वडा तगःवपि बाहिरीगाँउ निवासी राज्यलक्ष्मी महर्जन ।

शिक्षण पेशा पनि अंगाली सक्नुभएकी राज्यलक्ष्मी महर्जन बिल्कुलै नौलोधारबाट म्यूजिक भिडियो निर्माण गर्नुपर्ने पक्षमा हुनुहन्छ । यही कारण उहाँद्वारा परिकल्पना गरिएका ‘सुस्तरी’ र ‘मां लुमनाः वइ’ म्यूजिक भिडियोमा बिल्कुलै नयाँपन देखिन्छ । दर्शकहरुलाई मन्त्रमुग्ध गर्ने शैली तरंगित देखिन्छ । यदि राज्यलक्ष्मी महर्जनले म्यूजिक भिडियो क्षेत्रमा परिकल्पनाकार अर्थात् कन्सेप्ट राईटरको खुबीलाई निरन्तरता दिनुभएको खण्डमा अवश्य पनि नेपाली र नेपालभाषाका म्यूजिक भिडियो क्षेत्रले कोल्टे फेरिने प्रवल सम्भावना देखिन्छ । म्यूजिक भिडियो क्षेत्रमा नौलो आयामको थालनी हुनेछ अवश्य पनि ।

‘मां लुमनाः वइ’ म्यूजिक भिडियोमा परिकल्पना अनुसार कलाकारहरु सुजना मानन्धर, रुपा महर्जन, बालकलाकारहरु आरभ महर्जन, ओस्मी रंजित तथा सेद्रिना महर्जनले जीवन्त अभिनय गर्नुभएको छ । एक हिसाबले यो म्यूजिक भिडियो एक सफल म्यूजिक भिडियोको रुपमा लिन सकिन्छ ।

त्यस्तै, राज्यलक्ष्मी महर्जनले नै परिकल्पना गर्नुभएको  ‘सुस्तरी’ म्यूजिक भिडियो उहाँको कन्सेप्ट अनुसार कलाकारहरु स्वयं गायक एरोन महर्जन र मोडल लुमिलाले अभिनयमा सार्थकता  एवं जीवन्त अभिनय गर्नुभएको छ । ‘टीन एज लभ’लाई उजागर गरिएको मनोभावनात्मक शैलीमा प्रस्तुत गरिएको ‘सुस्तरी’ म्यूजिक भिडियो पनि एक सफल म्यूजिक भिडियोको रुपमा तरंगित भइरहेको छ । कुनै पनि म्यूजिक भिडियो होस् वा चलचित्र होस्, परिकल्पना उत्कृष्ट भइयो भने अवश्य पनि दर्शकहरुको नजर पर्छ नै ।

त्यसैले कुनै पनि म्यूजिक भिडियो वा चलचित्र सफल हुनुमा परिकल्पनाकारको प्रमुख भूमिका रहन्छ । यस क्षेत्रका नव परिकल्पनाकार कन्सेष्ट राईटर राज्यलक्ष्मी महर्जन यही सोँच एवं धारलाई एक मन्त्र र सूत्रको रुपमा प्रयोग गरी प्रवेश गर्नुभएको छ, भोलिका दिनमा पनि यो क्षेत्रलाई नवीनतम उपहार स्वरुप नयाँ नौलोपनको म्यूजिक भिडियोहरु पस्किने आशा अवश्य पनि सम्पूर्ण दर्शकहरुले गर्ने नै छ । यो क्षेत्रमा नौलोपना एवं दर्शकहरुको मन छुनसक्ने परिकल्पना नै उत्कृष्टतामा गनिने छ ।

Categorized in सिनेमा