STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

किशोरकुमार–कुमार सानु फ्लेवरिष्ट कीर्तिपुरका गायक सुविन श्रेष्ठ कहाँ छन् ?

Janjati Khabar – ललेन्द्र शाक्य | २०८१ आषाढ २५, मंगलबार

सुविन श्रेष्ठद्वारा संगीतबद्ध “दुनियाँलाई दूर राखौंला” म्यूजिक भिडियो यहाँ क्लीक गरी हेर्नुहोला

कीर्तिपुर/हालका चर्चित युवा संगीतकर्मी कालिप्रसाद बाँस्कोटाको संगीत र मानसराजको शब्दमा सजिएको तथा कीर्तिपुरका सुविन श्रेष्ठको मिठो स्वर समागम भएको “सुनचाँदी हिरासंग दाँजेर मायालाई…” गीतको म्यूजिक भिडियो विगतको एक समयमा चर्चित भएको थियो ।

कीर्तिपुर ९ वडा तगःवपि नयाँबजार निवासी गायक सुविन श्रेष्ठको स्वरलाई भारतीय संगीत जगतका नक्षत्र किशोरकुमार तथा कुमार सानुको स्वरको फ्लेबरिष्टको रुपमा कीर्तिपुरका संगीतप्रेमीहरुले लिने गरिन्छ । मेलोडिज सुगम संगीतलाई प्रष्फुटन गर्न रुचाउने गायक सुविन श्रेष्ठको केही वर्ष अगाडि चर्चित गायिका प्रविशा अधिकारीसंगको युगल गीत “फोटो खिचिक्क”को म्यूजिक भिडियो पनि रिलिज भइसकेको छ । यस्तै, सुविन श्रेष्ठको संगीतमा शंकर योङहाङ तथा चर्चित गायिका मेलिना राईद्वारा गाइएको अति नै मिठास गीत “दुनियाँलाई दूर राखौंला…” गीतको म्यूजिक भिडियो पनि रिलिज भइसकेको छ ।

गीत संगीतकै क्रममा गायक सुविन श्रेष्ठले थुप्रै नेपालभाषाका गीतहरु गाइसक्नु भएको छ भने केही नेपालभाषाका चलचित्रहरुमा पनि आफ्नो स्वर दिइसक्नु भएको छ । संगीतमा मास्टर्स गरिसक्नु भएका सुविन श्रेष्ठले आफ्नै निवासमा तालतन्त्र म्यूजिक एण्ड फाइन आर्ट एकेदेमि संचालन गरिसक्नु भएको छ भने हाल आशिर्वाद संगीत पाठशाला संचालन गरिरहनु भएको छ । तर पनि हाल उहाँका नयाँ गीत संगीतहरु बजारमा आएका छैनन् र उहाँ संगीत क्षेत्रबाट बिलिन भएको आभाष गरिरहेका छन् संगीतप्रेमीहरु ।

हुनतः एउटा गीत बजारमा ल्याउन हालको समय परिप्रेक्ष्यमा लाखौं रकम खर्च गर्नुपर्ने अवस्था छ । तर गायक सुविन श्रेष्ठ आर्थिक रुपमा सवल व्यक्तित्व पनि हुनुहुन्छ । तर, किन नयाँ गीत संगीतहरु पस्किन टाढिएर बसिरहनु भएको छ ? गीत संगीत क्षेत्रमा हाल कहाँ र कता छन् सुविन श्रेष्ठ ? यी यावत प्रश्नहरु संगीतप्रेमीमाँझ डगमगाइरहेका छन् ।

मिठो स्वरका धनी गायक सुविन श्रेष्ठ आफ्नो कर्मभूमि कीर्तिपुर लगायत कीर्तिपुर बाहिरका विभिन्न स्टेजहरुमा आफ्नो प्रतिभा प्रस्फुटन गरिसक्नु भएका गायक हुन् । तर हालको समयमा संगीत आकाशबाट तारा खसेझैं संगीत क्षेत्रमा बिलिन किन ?

सुविन श्रेष्ठ एवं प्रविशा अधिकारीद्वारा स्वरबद्ध “फोटो खिचिक्क” म्यूजिक भिडियो यहाँ क्लीक गरी हेर्नुहोला

गायक सुविन श्रेष्ठले कीर्तिपुरको पहिचान रुपी नेपालभाषाको कीर्तिपुर गीत “झीगु थःगु तजिलजि दु, झीगु मौलिक म्हसीका दु, थ्व देय्या किपुमि झी, थःगु हे इतिहास दु” अर्थात् हाम्रो आफ्नै संस्कृति छ, हाम्रो मौलिक पहिचान छ, यो देशको कीर्तिपुरबासी हामी, हाम्रै इतिहास छ भावको गीतमा पनि स्वर दिनुभएको छ भने २०७२ सालको महाभूकम्पको स्मरणमा नेपालभाषाको जनजागरण गीत ‘दँ रे दँ नेपाःमि दँ’ गीतमा पनि स्वर दिनुभएको छ । यस्तै उहाँले ‘अमाइबलय् वयेमखु पुन्हीबलय् वये’, कीर्तिपुरका चर्चित संगीतकर्मी स्वर्गीय नविन महर्जनको संगीतमा ‘सात सुरमा…’ बोलको गीतमा पनि स्वर दिनुभएको छ भने नेपालभाषाको चलचित्र ‘थः कतः कतः थः’मा पनि चर्चित गायिका निशा देशारसंग गीत गाइसक्नु भएको छ । तर हाल आएर गीत संगीत क्षेत्रबाट हराइरहनु भएको छ गायक सुविन श्रेष्ठ । किन ?

संगीत क्षेत्र अलावा ब्याडमिन्टन खेलका पनि माहिर खेलाडि सुविन श्रेष्ठ, हुनतः चर्चित संगीतकर्मी कालिप्रसाद बाँस्कोटाका बाल शखा हुन्, कालिप्रसाद सुविन श्रेष्ठका स्कूल जीवनका क्लासमेट हुन् । कालिप्रसाद बाँस्कोटाको संगीतमा सुविन श्रेष्ठले मात्र एउटा गाना “सुनचाँदी हिरासंग दाँजेर मायालाई…” यो एउटा गीत मात्र गाउँनु भएको छ । आफ्नो बाल शखा क्लासमेट साथीको संगीतमा सुविन श्रेष्ठले अन्य गीत किन गाएनन् ? यो पनि एक रहस्यको विषय हो भन्नु पर्ला । यति मिठो स्वरका धनी गायक सुविन श्रेष्ठ फेरि पनि गीत संगीत क्षेत्रमा आउँनु पर्छ, यो नै आजको वास्तविकता र आवश्यकता हो भन्नु पर्ला ।

Categorized in साहित्य-कला