STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

किम्फको बीसौं संस्करण यहि विहिबार देखि शुरु हुने

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ मङ्सिर १९, सोमबार

विशेषगरी पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका फिल्म प्रदर्शन गरिने अन्तर्राष्ट्रिय स्तरको फिल्म फेस्टिभल किम्फको २० औँ संस्करण मंसिर २२ (डिसेम्बर ८) देखि सुरु हुने  भएको छ भने मंसिर २६ (डिसेम्बर १२) सम्म हुनेछ। महोत्सव काठमाडौँ, प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा हुनेछ।

पाँचदिने महोत्सवमा यसपटक ३० देशका ६० भन्दा बढी फिल्म देखाइनेछन्। महोत्सवमा डकुमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसनलगायत फिल्म देखाइनेछन्।

सन् २००० देखि सुरु भएको किम्फको १८औँ र १९औँ संस्करण कोभिड-१९ महामारीका कारण भर्चुअल भएको थियो। यसपालि भने दर्शकले महोत्सवमा भौतिक रूपमा सहभागी हुन पाउनेछन्।

महोत्सवमा फिल्मसम्बन्धी गोष्ठी तथा छलफल कार्यक्रम हुनेछन्। किम्फ २०२२ को निर्णायक मण्डलमा जर्मन लेखक÷निर्देशक(निर्माता माइकल पज, दिग्गज नेपाली एनिमेसन फिल्म निर्देशक-निर्माता किरणभक्त जोशी र कोरियाको उल्जु माउन्टेन फिल्म फेस्टिभलका कार्यक्रम निर्देशक जिन्ना ली रहेका छन्।

 

Categorized in सिनेमा