STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काेटेश्वरमा पेस्ताेल देखाई माेबाइल थुत्ने प्रयास

Janjati Khabar – Janjati Khabar | २०७७ पौष १९, आइतबार

काठमाडौंको कोटेश्वरमा पेस्तोल देखाएर लुटपाटको प्रयास भएको छ । 

आइतबार बिहान एक व्यक्तिले पेस्तोल देखाएर सडकमा उभिएका सिन्धुपाल्चोकका युवराज लामाको मोबाइल थुतेका हुन् ।

तर, आफूले प्रतिवाद गरी मोबाइल खोसेपछि पेस्तोल छोडेर ती व्यक्ति भागेका २५ वर्षीय लामाले प्रहरीलाई बताएका छन् । यद्यपि, घटनाबारे थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ । 

लामालाई सोधपुछका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ ।

Categorized in अपराध-दुर्घटना