relans
ni new 83
nib 2082 5

काभ्रेको मतदान केन्द्रमा झडप हुँदा हवाइ फायर

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख ३०, शुक्रबार

काठमाडौं - काभ्रेको तेमाल गाउँपालिका-७ चापाखोरिको भुमेश्वर मावि मतदान केन्द्रमा झडप हुँदा हवाइ फायर भएको छ।

इच्छाइएको व्यक्तिको मतदान गर्ने विषयमा युवाहरुबीच झडप हुँदा हावाइ फायर गरिएको जिल्ला प्रहरी प्रमुख चक्र राज जोशीले जानकारी दिए।

अवस्था सामान्य लिनको लागि प्रहरीले १ राउन्ड हवाइ फायर भएको प्रहरिले जनाएको छ। मतदान रोकिएको केही समयपछि सुचारु गर्नको लागि छलफलमा रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी पाँचखाल नगरपालिका- १३ कोशिदेखा सीता माविको मतदान केन्द्रमा पनि मतदान रोकिएको छ। मत पत्र दिने विषयमा विवाद हुदा मतदान रोकिएको छ।

Categorized in राजनीति
ppp 2