STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कान्ति अस्पताललाई एकथान पीसीआर मेसिन प्रदान

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ कार्तिक १७, सोमबार

काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पताललाई एक थान पीसीआर मेसिन प्रदान गरेको छ । काठमाडौं महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापित चीनको नानजिङ सहरले दिएका दुई मध्ये एक थान पीसीआर मेसिन कान्ति बाल अस्पताललाई आज सोमबार हस्तान्तरण गरेको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र अस्पतालका तर्फबाट निर्देशक डाक्टर कृष्ण पौडेलले  सम्झौतापत्रमा हस्ताक्षर गरी सो मेसिन हस्तान्तरण गरिएको हो । करीब रु १६ लाख पर्ने सो मेसिन हस्तान्तरणपछि सम्बोधन गर्दै प्रमुख शाक्यले जति सक्दो छिटो मेसिन जडान गरी सेवा सुरु गर्न अस्पताललाई आग्रह गर्नुभयो ।  मेयर शाक्यले सेवा कस्ले दिने भन्दा पनि सबैले मिलेर सेवा दिनुपर्छ भन्ने मान्यताका साथ  यस्ता अत्यावश्यक सामग्री विरामीको बढी चाप रहेका अस्पतालहरुलाई हस्तान्तरण गर्दै आएकाे कुरा बताउनु भयाे । 

शाक्यले यस अघि पनि काठमाडौं महानगरपालिकाले थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा कोरोना (कोभिड १९) को परीक्षणका लागि पीसीआर मेसिनसहितका अत्यावश्यक सामग्री हस्तान्तरण गरेको जानकारी दिनुभयो । 

कार्यक्रममा बोल्दै कान्ति बाल अस्पतालका निर्देशक डाक्टर पौडेलले महामारीविरुद्धको लडाईँ लडिरहेका बेला काठमाठौँ महानगरपालिकाले गरेको यो ठूलो सहयोग भएको बताउनुभयो ।  

पौडेलले अहिले पनि दैनिक २० देखि ३० जनासम्मको परिक्षणका लागि नमूना अन्य ल्याबमा पठाउनु पर्ने बाध्यता रहेको भन्दै अब अस्पतालमै मेसिन जोडेपछि त्यो समस्या हट्ने बताउनुभयो ।

Categorized in उपत्यका