STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौं महानगर प्रमुख शाक्यकी छोरीद्वारा ‘प्लाज्मा दान’

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ कार्तिक १५, शनिबार

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यकी छोरी पलिस्था शाक्यले कोरोना भाइरसको संक्रमणमा परी कोभिड १९ रोगको उपचारमा उपयोगी  प्लाज्मा दान गरेकी छिन । 

कोभिड १९ लाई जित्न सफल भएकाहरुको रगत प्रयोग गरी उपचार गर्ने विधीलाई प्लाज्मा भनिन्छ भने प्रमुख शाक्यका अनुसार पलिस्थाले शुक्रवार मात्रै कान्तिपुर अस्पताल तीनकुनेमा पुगेर ‘प्लाज्मा दान’ गरेकी हुन् । 

केही समय अघि कोरोनामुक्त भई स्वस्थ जीवनमा प्रमुख शाक्यले कोरोनाका गम्भीर बिरामीको ज्यान बचाउन आफु प्लाज्मा दान दिन तयार रहेको भन्दै अरुलाई पनि यस्तो पुण्य काममा सहयोग गर्न अपिल गरेका छन् । 

मेयर शाक्यले आफुलाई कोरोना संक्रमण भएको केही दिनपछि पत्नी र छोरीलाई पनि पोजेटिभ देखिएको बताउँदै  अहिले  सपरिवार स्वस्थ जीवनमा फर्किसकेको बताउनु भएको छ ।

पलिस्था शाक्यले दान गरेको प्लाज्माबाट कोभिड र निमोनियाका कारण विरामी भई ओम नर्सिङ होममा उपचार गराइरहनु भएकी काठमाडौँ महानगरपालिका वडा–४ की ७६ वर्षिया महिलाको उपचार भैरहेको छ । 

प्रमुख शाक्यले कोरोना संक्रमित भनेर कसैले कसैलाई दुव्र्यवहार नगर्न पनि विनयपुर्वक आग्रह गर्दै संक्रमितलाई सबैको प्रोत्साहन प्राप्त भयो भने सबै भन्दा ठूलो औषधी हुने बताए । 

काठमाडौँ महानगरपालिकाका विभिन्न वडामार्फत संक्रमितलाई प्रोत्साहन दिन फलफुल, मास्क, आर्योवेदिक औषधीलगायतका सामाग्री लिएर जनप्रतिनिधि होमआइसोलेसन र आइसोलेसनमामा पुग्ने गरेको पनि प्रमुख शाक्यले जानकारी दिए ।

Categorized in व्यक्तित्व