STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौं महानगर उपमेयर सुनिता डङ्गोल अष्ट्रेलिया भ्रमणमा

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर ८, शुक्रबार

काठमाडौं- काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोल अष्ट्रेलिया गएकी छन् ।

शुक्रबार उपप्रमुख डंगोल अष्ट्रेलिया भ्रमणका लागि गएकी हुन् ।

भ्रमणमा अष्ट्रेलियाका विभिन्न सहरमा रहेका खनिज तथा ऊर्जा, कृषि पर्यटन, विश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकीय क्षेत्रहरूको अवलोकन लगायत स्थानको अवलोकन गर्ने महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले बताइन् ।  

उपप्रमुख डङ्गोलका अनुसार यस भ्रमणले आपसी हित प्रवर्द्धनमा टेवा पुग्नेछ ।  अष्ट्रेलिया भ्रमण सकेर उपप्रमुख डङ्गोल मंसिर १७ गते स्वदेश फर्किने महानगरपालिकाले जनाएको छ ।

भ्रमण अवधिको खर्च अष्ट्रेलिया सरकारले व्यहोर्ने छ।

Categorized in राजनीति