STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौं महानगरको खोप अभियान आजदेखि पुन: सुरु

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ ३१, सोमबार

काठमाडौं महानगरपालिकाले आजदेखि पुन: कोरोनाविरुद्धको भेरासेल खोप लगाउने भएको छ । जेठ २५ देखि पाँच दिनसम्म लागइने भनिए पनि खोप अभाव भएको भन्दै महानगरले दुई दिन अघि नै अभियान स्थगित गरेको थियो ।

स्थगित गरिएको खोप आज र भोलि लगाइने महानगरले जनाएको छ । खोप लगाउनका लागि चार वटा खोप केन्द्र तोकिएका छन् ।

महानगरले वीर अस्पताल, शिक्षण अस्पताल, विरेन्द्र सैनिक अस्पताल तथा निजामति कर्मचारी अस्पतालमा निर्धारित उमेर समूहका व्यक्तिले आज र भोलि खोप लगाउन सक्ने जानकारी दिएको छ ।

खोप अभियान बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने छ । यस पटक ६० देखि ६१ वर्ष उमेर समूहकालाई खोप लगाइने महानगरले जनाएको छ ।

Categorized in उपत्यका