काठमाडौं–१ मा रवीन्द्र मिश्रलाई हराउँदै प्रकाशमान सिंह विजयी
Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर ६, मंगलबार
काठमाडौं - काठमाडौं –१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् ।
उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई हराएका हुन् । सिंहले २०७४ को निर्वाचनमा पनि मिश्रलाई हराएका थिए ।
सिंहले झिनाे मतान्तरले मिश्रलाई हराएका हुन् । सिंह १२५ मत अन्तरले विजयी भएका छन् । सिंहले ७ हजार १ सय ४३ मत प्राप्त गरेका छन् । मिश्रले ७ हजार १८ मत प्राप्त गरे।
Categorized in उपत्यका

