STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

काठमाडौँ उपत्यकाका तीन जनामा हैजा पुष्टि

Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण ११, शुक्रबार

काठमाडौँ - काठमाडौँ उपत्यकाका तीन जनामा हैजा पुष्टि भएको छ । हैजा पुष्टि भएका तीन जनामध्ये एक जना सम्पर्कविहीन भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. युवानिधी बसौलाले बताएका छन् ।

उनका अनुसार ललितपुरको गोदावरी नगरपालिका– १४ को एक पुनर्स्थापना केन्द्रमा बस्दै आएका ४ बालकलाई हैजाको आशंकामा उपचारका लागि एक साता पहिला अस्पताल ल्याइएको थियो ।

उनीहरूमध्ये एक जना १६ वर्षीय बालक टेकु अस्पतालमा उपचाररत छन् । उनलाई बिहीबार डिस्चार्ज गर्ने तयारी गरिएको छ ।  

यस्तै एक जनालाई पाटन अस्पतालमा रिफर गरिएको थियो । उनको उपचार जारी छ ।

टेकु अस्पतालमा उपचाररत अर्का २ जना भने भागेका छन् । उनीहरूमध्ये १ जनामा हैजा पुष्टि भएको छ भने अर्का एक जनाको रिपोर्ट आउन बाँकी रहेको बसौलाले बताए । हैजा पुष्टि भएका बालक सम्पर्कविहीन छन् । 

Categorized in स्वास्थ्य-मौसम