relans
ni new 83
nib 2082 5

काठमाडाैँमा आज बिहानको तापक्रम यो वर्षकै कम

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक १२, बुधबार

काठमाडाैँ – काठमाडौं उपत्यकामा चिसो बढ्दै गएको छ । बुधबार बिहान यो वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान काठमाडौंको तापक्रम ११ दशमलव ४ डिग्री सेल्सियसममा झरेको  छ ।

गत आइतबार उपत्यकाको तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो । अघिल्लो सातादेखि तापक्रम निरन्तर घट्दै गएको छ। मंगलबार न्यूनतम तापक्रम १५ डिग्री पुगेको काठमाडौंको तापक्रम बुधबार चार डिग्री घटेको महाशाखाले जनाएकाे छ।

महाशाखाले बुधबार दिउँसो काठमाडौंको तापक्रम २५ देखि २७ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान गरिएको छ । कात्तिक महिनाको मध्यमा आइपुग्दा देशभर चिसो बढ्दै गएको छ ।

विभागका अनुसार देशभरी नै चिसो ह्वात्तै बढेको छ । देशका विभिन्न ठाउँमा यो साता न्यूनतम तापक्रम झण्डै ६ डिग्रीसम्म घटेको हो । गत बुधबार न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस मापन गरिएको दिपायलमा मंगलबारको तापक्रम १० दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।

यस्तै जुम्लाको माइनस १ डिग्री सेल्सियसमा झरेको छ । यसैबीच आज पहाडी क्षेत्रको मौसम घाम लाग्दै बादल लाग्ने र अरु ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् ।

Categorized in राष्ट्रिय
ppp 2