STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कागेश्वरीमा गोली चल्दा दुई जना घाइते

Janjati Khabar – Janjati Khabar | २०८१ पौष १५, सोमबार

काठमाडौं - काठमाडौंको कागेश्वरी मनोहरामा गोली चल्दा दुई जना घाइते भएका छन‍्।

शनिबार राति साढे १० बजे कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ रिद्धिसिद्धी बसपार्कनजिकै अर्जुन श्रेष्ठको घरभित्र गोली चलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

गोली प्रहारबाट घरधनी अर्जुन श्रेष्ठ र उनकी श्रीमती शान्तिदेवी श्रेष्ठ घाइते भएका हुन्। उनीहरू दुवैको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

गोली चलाएको आरोपमा खोटाङ हलेसी तुवाचुङ नगरपालिका(७ का ३७ वर्षीय साहिर शंकरलाई प्रहरीले पक्राउ गरेको छ।उनी उक्त घरमा पेस्तोल लिएर पुगेका थिए।

व्यक्तिगत र पारिवारिक रिसइबीका कारण उनी पेस्तोल लिएर त्यहाँ पुगेका थिए। साहिर शंकरलाई नियन्त्रणमा लिने क्रममा दुई जना घाइते भएको एसपी अधिकारीले बताए।

प्रहरीले साहिरबाट एउटा पेस्तोल, ९ राउण्ड गोली, खुकुरी लगायत सामान बरामद गरेको छ। प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।

Categorized in अपराध-दुर्घटना