STC 810x100 adv
Swasthya Mantralaya

कांग्रेस सभापतिमा विमलेन्द्र निधिले गरे उम्मेदवारी घोषणा

Janjati Khabar – Janjati Khabar | २०७८ मङ्सिर ९, बिहिबार

मंसिर ९, २०७८, काठमाडौं - नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । 

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उपसभापति निधिले १४ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । योसँगै निधिले सभापति शेरबहादुर देउवा समूह औपचारिक रूपमा छोडेका छन् । 

१३औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि सभापति देउवाले निधिलाई उपसभापतिमा मनोनीत गरेका थिए । लामो समय देउवालाई साथ दिँदै आएका निधिले यसपटक आफूलाई सहयोग गर्न देउवालाई आग्रह गर्दै आएका थिए । तर, सभापति देउवाले यो पटक आफू फेरि उठ्ने भन्दै निधिलाई शुभकामना दिएका थिए । 

निधिले कांग्रेसमा रुपान्तरण, पुस्तान्तरण र पुस्ता हस्तान्तरण प्रक्रियालाई सहजीकरण गर्न आफू सभापतिमा उठ्न लागेको बताए । उनले नयाँ पुस्तालाई वर्तमान राजनीतिक प्रणाली र कांग्रेसप्रति आकर्षित गर्दै सक्रिय रूपमा सहभागी गराउने पनि बताएका छन् । 

निधिले आफू सभापति भए पार्टीलाई मर्यादित, समयानुकूल, विधिसम्मत, संगठित र सशक्त बनाउँदै देश र जनताको सेवामा सक्रिय बनाउने पनि प्रतिबद्धता जनाएका छन् । निधिले आफू सभापति भएमा तीनवटै तहको आगामी निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ विजयी गराउने पनि बताएका छन् । 

Categorized in राजनीति
kmc sujib