STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कांग्रेसद्वारा ७४ नेता कार्यकर्तालाई कारबाही

Janjati Khabar – Janjati Khabar | २०७९ कार्तिक २२, मंगलबार

काठमाडौं - नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य दिनेश कोइरालासहित ७४ नेता कार्यकर्तालाई कारबाही गरेको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको भन्दै कारबाही गरेको हो ।

कारबाहीमा पर्नेमा पूर्वसांसद अमरेशकुमार सिंह, कांग्रेस पर्साका पूर्वसभापति अजयकुमार द्विवेदी, कांग्रेस बझाङका पूर्वसभापति हर्कजङ्गबहादुर सिंह, सिन्धुपाल्चोकका पूर्वक्षेत्रीय सभापति बद्री चौलागाइँ, पूर्वराज्यमन्त्री राजेन्द्रबहादुर शाह, कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हेमराज तातेड, पूर्वसांसद महादेव गुरुङलगायत छन् ।

कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले पार्टीको विधान २०१७ ९संशोधन सहित०को धारा ३४ को उपधारा ४ (क) बमोजिम पाँच वर्षका लागि पार्टीको सदस्यता नरहने गरी ती सबैलाई कारबाही गरिएको जानकारी दिए ।

कांग्रेसले बागी, प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाको नामावली अभिलेखबाट हटाइने उनले बताए ।

Categorized in राजनीति