STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कांग्रेसको एक महिने चुनावी अभियान सुरु

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण २९, आइतबार

काठमाडौँ - सत्तासीन नेपाली कांग्रेसले स्थानीय तह लक्षित एक महिने चुनावी अभियान आइतबार सुरु भएको छ । ‘घरघर जाऔं, काँग्रेस जिताऔँ’ नारासहित देखि ७७ वटै जिल्लामा आजबाट काँग्रेसको एक महिने चुनावी अभियान सुरु गरिएको हो ।

अभियानको उद्घाटनका लागि पार्टीले खटाएका केन्द्रीय प्रतिनिधि सबैजसो जिल्लामा पुगिसकेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए । ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीतिका साथ फागुन २९ गतेदेखि चैत २९ गतेसम्म काँग्रेसले अभियान थाल्दै छ ।

प्रवक्ता महतका अनुसार काँग्रेसलाई चुनावमा विजयी गराउन वडा र टोल तहसम्म पुगेर संगठन अभिवृद्धि गर्ने जिम्मेवारी केन्द्रीय प्रतिनिधिलाई दिइएको छ । महतले अभियानका क्रममा स्थानीय निर्वाचनमा काँग्रेसलाई विजयी गराउन मतदातालाई अपिल गरिने बताए।

पार्टी विधानको व्यवस्थाअनुसार जिम्मेवारी बाँडफाँट गर्दै अभियानले बृहत्तर रूपमा पार्टीका नेता तथा कार्यकर्ता परिचालन गरिएको उनको भनाइ छ । अभियान सञ्चालनअघि नै काँग्रेसले जिल्लादेखि क्षेत्रीय समितिका बैठकहरू सम्पन्न गरेको छ ।

टोल समिति गठनलाई पनि उसले तीव्रता दिएको छ । अभियान र संगठन निर्माण सँगसँगै लगिने प्रवक्ता महतले बताए । पार्टीले खटाएका केन्द्रीय प्रतिनिधिले तत्कालीन नेकपा नेतृत्वको सरकारले गरेका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष राखिने उनको भनाइ छ । ​

Categorized in राजनीति