STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कांग्रेसका मन्त्रीहरू देउवा निवासमा

Janjati Khabar – Janjati Khabar | २०८१ माघ ३, बिहिबार

नेपाली कांग्रेसले आज बिहीबार सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गर्दैछ। बिहीबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल हुन लागेको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए। 

‘पहिला सभापति ज्यूसहित हामी पदाधिकारीबीच छलफल हुन्छ,’ महामन्त्री शर्माले भने, ‘त्यसपछि मन्त्रीज्यूहरुसँग छलफलको कार्यक्रम छ।’

कांग्रेसको तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीलाई बिहीबार बिहान आठबजे नै सभापति देउवाले निवासमा बोलाएका हुन्। 

पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीले ६ महिनामा गरेका कामको प्रगति विवरण र समस्याबारे ब्रिफिङ गर्न सभापतिले उनीहरूलाई बैठकमा बोलाएका देउवाको सचिवालयले जनाएको छ। 

वर्तमान सरकारमा कांग्रेसतर्फबाट आठजना मन्त्री छन्। 

कांग्रेसबाट को-को छन् मन्त्री ?

  • उपप्रधान तथा सहरी विकास प्रकाशमान सिंह
  • गृहमन्त्री रमेश लेखक 
  • परराष्ट्रमन्त्री आरजु राणा देउवा
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे
  • युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी
  • कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया
  • स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल
  • कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी
  •  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का
  • वन तथा वातावरण ऐनबहादुर शाही
  • राज्यमन्त्री रुपा विक र पूर्णबहादुर तामाङ
Categorized in राजनीति