STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कांग्रेसका पूर्वसांसदसहित ५ जना निलम्बनमा

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख २९, बिहिबार

काठमाडौं ‍‍- नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासन विपरीत काम गरेको भन्दै चितवनका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित थप पाँच जनालाई निलम्बन गरेको छ ।

पूर्वसांसद श्रेष्ठ, नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य शम्भु प्रसाद अर्याल, तरुण दलका पूर्व जिल्ला सचिव आनन्दराज राउत,क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत र क्रियाशील सदस्य डा. केशव पौडेललाई पार्टी सदस्यबाट निलम्बन गरेकाे हो । कांग्रेसले यसअघि जगन्नाथ पौडेलका प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मीना खरेललाई निष्कासन गरिसकेकाे छ ।

भरतपुर महानगरपालिकमा बागी उम्मेदवारी दिए कांग्रेसका नेता जगन्नाथ पौडेलकाे पक्षमा लागेकाे भन्दै पार्टीले उनीहरूलाइ कारबाही स्वरूप निलम्बन गरेकाे हाे ।

भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको साझा उम्मेदवार रेनु दाहालविरुद्ध कांग्रेसका नेता पौडेलले बागी उम्मेदवारी दिएका छन् । उनकाे उम्मेदवारीले गठबन्धनलाइ अपठयाराे परेकाे छ ।

Categorized in राजनीति