STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कलाकार स्वतन्त्र महर्जनले सांगतिक वनभोज आयोजना गरिने

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २, बिहिबार

नेपालभाषाका संगीत तथा चलचित्र कलाकार स्वतन्त्र महर्जनले एम्स इन्टरटेन्टमेन्टको आयोजनामा सांगीतिक वनभोज जानकारी दिएको छ । यस्तै खालको सांगेतिक वनभोज यस अगाडि पनि गरिसकेको उक्त संस्थाले होली पूर्णिमाको अवसर पारी भब्य होली पर्व मनाइएको थियो भने अहिले आएर सोही अवसर पारी सांगेतिक वनभोज आयोजना गर्न लागेको हो । कार्यक्रमको नामाकरण ‘एम्स म्युजिकल पिकनिक २०१९ सिजन थ्री’ नामले गर्ने कुरा आयोजकले जानकारी दिएको छ । यही आउँदो फागुन १८ गते शनिबार कीर्तिपुरको चोभारमा हुने सो वनभोजमा नेपालभाषाका चलचित्र र संगीत क्षेत्रका थुप्रै कलाकारहरुले भाग लिने कुरामा आयोजक संयोजक स्वतन्त्र संसार महर्जन अत्यन्तै आशावादी रहेको छ । यो वर्षको वनभोजलाई अझ भब्य रुपमा मनाउन एम्सका सदस्यहरु सक्रिय रुपमा लागिरहेको कुरा एम्सका संयोजक स्वतन्त्र संसार महर्जनले जानकारी दिनुभयो । त्यसैगरी महर्जनले सो वनभोजको लागि सहयोग बाह्र सय रुपियाँ लिने जानकारी दिएको छ भने सम्पूर्ण कलाकार, संगीतकर्मिहरुको सहभागीता रहने अपेक्षा गरेको छ ।
Categorized in सिनेमा