STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कलाकार संघद्वारा चलचित्रकर्मी बिपद ब्यबस्थापन कोषलाई सहयोग

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ आषाढ ४, शुक्रबार

चलचित्र बिकाश बोर्डले बिपदमा परेका चलचित्रकर्मिहरु लाई राहत प्रदान गर्ने उद्देश्यले  हालै मात्र गठन गरेको चलचित्रकर्मी बिपद ब्यबस्थापन कोषलाई नेपाल चलचित्र कलाकार संघ केन्द्रीय कार्यालय र नेपाल चलचित्र कलाकार संघ युके शाखाको तर्फबाट क्रमश: तीस हजार रुपिंया र      पचीस हजार रुपिंया गरी जम्मा पचपन्न हजार रुपिंया हस्तान्तरण गरेको छ । बिहिवार एक कार्यक्रमका बीच  संघका केन्द्रीय अध्यक्ष रवीन्द्र खडका र शाखा युकेका उपाध्यक्ष सुरेशराज पाठकले    चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहाललाई  हस्तान्तरण गर्नु भयो ।

सो कार्यक्रममा  नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खडकाले बिपद ब्यबस्थापन कोषलाई क्रियाशिल बनाई आपत बिपद पर्दा चलचित्रकर्मीलाई सहयोग गर्न सकिने कुरालाई दृष्टिगत गरी  कोषलाई सहयोग गरिदिन युके शाखा लगायत स्वदेशी तथा बिदेशी दाताहरूलाई अनुरोध गरेको बताउनु भयो । सोही अनुरोध अनुसार यु के शाखाबाट सहयोग प्राप्त भएकोमा  मार्फत यु के शाखालाई धन्यवाद दिनु भयो ।

यो बिपद ब्यबस्थापन कोषकोलागि संचारकर्मी  तथा नेपालभाषाका लोकप्रिय कलाकार स्वतन्त्र संसार महर्जनले पनि यस अघिनै पांचहजार पांचसय पचपन्न प्रदान गर्ने घोषणा गरिसक्नु भएको छ भने मोहन निरौलाले दश हजार पांचसय प्रदान गरिसक्नु भएको छ । कोषलाई रकम हस्तान्तरण को कार्यक्रममा संघका अध्यक्ष रवीन्द्र खडका,उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला , कोषाध्यक्ष सुनिल कटवाल,संघका कार्यकारिणी सदस्य हरु उद्धव भट्टराई, रामेश्वर बुर्लाकोटी तथा चलचित्र जांच समितिका सदस्य राजेश महर्जन , यु के शाखाका उपाध्यक्ष सुरेश राज पाठक र   केही संचारकर्मीहरूको उपस्थिती रहेको थियो ।

रकम हस्तान्तरण पछि चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहालले कलाकार संघले भर्खरै गठन भएको चलचित्रकर्मी बिपद ब्यबस्थापन कोषलाई सक्रिय बनाउन रकम प्रदान गरेर जुन क्रियाशिलता देखाएको छ त्यसको लागि बिकाश बोर्डको तर्फबाट धन्यबाद दिन चाहन्छु भन्दै यही बर्ष भित्रमा बिकाश बोर्डले पनि केही रकम निकाशा गराउने बचनबद्धता प्रकट गर्नु भयो ।

चलचित्रकर्मीलाई प्राकृतिक र अन्य कारणबाट बिपद पर्दा यो कोषबाट सहयोग हुने गरी चलचित्रका बर्गीय संस्थाहरूको सहभागितामा यो कोष चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहालको सक्रियतामा हालै मात्र गठन गरिएको हो । यो कोषमा चलचित्रका पेशागत संस्थाहरूको प्रतिनिधित्व रहेको संचालक समिति गठन गरिएको छ । साथै चलचित्रकर्मी बिपद ब्यबस्थापन कोषलाई सक्षम बनाउन चलचित्रकर्मी लगायत स्वदेशी तथा बिदेशी मनकारी दाताहरूमा आर्थिक सहयोग प्रदान गरिदिन हुन पनि नेपाल चलचित्र कलाकार संघ(FAAN)ले सबैमा अनुराेध गरेको छ ।

Categorized in सिनेमा