STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कलाकार संघद्वारा अग्रज कलाकार मोहन निरौलाको जन्म दिन मनाए

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ चैत्र २१, शनिबार

नेपाल चलचित्र  कलाकार संघद्वारा  वरिष्ठ एवं जेष्ठ अग्रज कलाकाहरुको   अौपचारिक रुपमा जन्म दिन मनाउने चलनको शुरुअात गरेको छ । यसै क्रममा वरिष्ठ चलचित्रकर्मी मोहन निरौलाको जन्मोत्सवमा विशेष कार्यक्रम गरेको छ । नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष प्रवक्ता मोहन निरौलाको जन्मदिन बिहीबार कलाकार संघले औपचारिक कार्यक्रमबीच मनाइएको हो ।

उक्त अवसरमा कलाकार निरौलाकाले विशिष्ट पञ्चतत्वको प्रतिक पाँच वटा मैनबत्ती बालेर जन्मदिन मनाउनु भएको थियो । कलाकार निरौलाको शुभ जन्मोत्सवमा विभिन्न विधाका अग्रज चलचित्रकर्मीको बाक्लो उपस्थिती रहेको थियो ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले कलाकार मोहन निरौलाको सुस्वास्थ्य, दीर्घायु तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्दै निरौलले पुर्‍याउनु भएका महत्त्वपूर्ण योगदानको कदर तथा सम्मान स्वरूप उक्त कार्यक्रम आयोजना गरिएको बताउनुभयो । सो अवसरमा वरिष्ठ डिजाइनर सुन्दर श्रेष्ठले निरौलालाई स्केच तस्विर हस्तान्तरणा गर्नुभएको थियो ।

अझै पनि चलचित्र क्षेत्रमा सक्रिय निरौलालले २०३७ सालमा विराटनगरमा प्रदर्शन भएको नाटक ‘दुई लाश एक चिहान’बाट अभिनय यात्रा प्रारम्भ गर्नु भएको हो ।

उहाँले २०४० सालमा निर्माण भएको फिल्म ‘एमसीसी’बाट फिल्ममा अभिनय गर्न थाल्नु भएको हो ।

चलचित्र ‘पूकार’ बाट निर्देशनको क्षेत्रमा पदार्पण गर्नु भएका निरौला अहिले लेखक, निर्देशक तथा कलाकारको रूपमा समेत स्थापित हुनुहुन्छ ।

२ सय ५० भन्दा बढी नाटकमा अभिनय गर्नु भएका निरौलाले सयौं नेपाली फिल्महरुमा कलाकार, लेखक, निर्देशक आदिको रुपमा काम गर्नु भएको छ ।

पछिल्लो समय उहाँ चलचित्रका अवार्ड समारोहहरु जुरीको रुपमा समेत सक्रिय हुनुहुन्छ ।

Categorized in सिनेमा