STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कलाकार संघको समन्वयमा अभिनेत्री निशाको उपचारमा सहयोग

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ जेठ २९, शनिबार

हाल नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री मोडल  निशा घिमिरेको परिवारलाई विशिष्ट चलचित्रकर्मी अभिनेत्री श् करिष्मा मानन्धरले “ कलाकारलाई कलाकारको साथ” भन्ने आव्हानका साथ अभिनेत्री निशाका पिता  प्रेम प्रसाद घिमिरेलाई रू २५०००।-पच्चीस हजार रुपिंया नगद सहयोग प्रदान गर्नु भएको छ ।

नेपाल चलचित्र कलाकार संघFAANको समन्वयमा संघका वरिष्ठ उपाध्यक्ष  रेजिना उप्रेती,संघका प्रवक्ता तथा उपाध्यक्ष मोहन निरौला,निर्देशक तथा संचारकर्मी सम्झना उप्रेती रौनियार,वरिष्ठ फोटोग्राफर विकाश रौनियार र स्थानिय बासिन्दा रत्न तामाङ्गको उपस्थितिमा विशिष्ट अभिनेत्री करिष्मा मानन्धरले उक्त सहयोग रकम प्रदान गर्नु भएको हो ।

यसैगरी वरिष्ठ उपाध्यक्ष रेजिना उप्रेतीले आफ्नो तर्फबाट रू १००००।-दशहजार ,हाल अमेरिकामा रहनु भएकी अभिनेत्री उषा पौडेलले पठाउनु भएको रू २२०००।-बाईस हजार  र अमेरिकामा रहनु भएका प्रकाश थापाले पठाउनु भएको रू १००००।-दशहजार रकम वरिष्ठ अभिनेत्री रेजिना उप्रेतीले अभिनेत्री निशाका पिता प्रेम प्रसाद घिमिरेलाई प्रदान गर्नु भयो ।

कलाकारको अवस्थालाई मनन् गरेर निःशुल्क उपचारको व्यवस्था गरिदिनु भएकोमा नर्भिक अस्पताल विशेष गरी साहित्यकार , समाजसेवी तथा नर्भिक अस्पतालका संस्थापक बसन्त चौधरी र निर्देशक मेघा चौधरीप्रति आभार व्यक्त गर्दै  कलाकार संघले  धन्यवाद व्यक्त गर्दै संघ सदैव कलाकारको साथमा छ र रहिरहने छ प्रतिबद्धता पोखेको छ ।  कोभिड महामारी को यो समयमा कोभिड पीडित कलाकार लगायत समस्यामा परेका कलाकारहरुकालागि   संघका अध्यक्ष रवीन्द्र खडकाको नेतृत्वमा सहयोग अभियान संचालन भईरहेको बताउँदै संघले सबैको साथ सहयोग र शुभेच्छाले अभिनेत्री निशा घिमिरेको स्वास्थ्य मा सुधार आउने छ भन्ने विश्वास लिंदै उहाँको शिघ्र स्वास्थ लाभको कामना पनि नेपाल चलचित्र कलाकार संघले गरेको छ ।

Categorized in साहित्य-कला