STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कलाकार संघको शुभकामना आदानप्रदान सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ कार्तिक ३, बुधबार

नेपाल चलचित्र कलाकार संघले २०७६ साल देखि नेपालीहरूको महान चाड बडा दशैमा आयोजना गर्न प्रारम्भ गरेको बडा दशै ,तिहार ,छठ,नेपाल संबतको नषाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान एवं नवदुर्गा भवानी प्रसाद ग्रहण तथा चियापान कार्यक्रम यस बर्ष पनि सम्पन्न गरेको छ ।  नेपाल चलचित्र कलाकार संघले एकआपसमा आत्मियताका  साथ आफ्न्तको अनुभुती गराउने र कलाकारहरु बीच एक अर्का प्रती सदभाव सदाचार एवं भाईचारा बढाउन यस प्रकारको कार्यक्रम थालनी गरिएको कुरा संघका अध्यक्ष रबिन्द्र खडकाले बताएका छन् । संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले कोभिड को जोखिम कायमै रहेकोले सोचे जति कलाकार उपस्थित नभए पनि उपस्थिति उत्साहजनक रहेको बताए ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खडकाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संघकी बरिष्ठ उपाध्यक्ष रेजिना उप्रेतीले स्वागत भाषण र संघका कोषाध्यक्ष सुनिल कटवालले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा संघका सल्लाहकार कृष्ण मल्ल,विशिष्ट चलचित्रकर्मी पुरन जोशी,नेपालको पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ,चलचित्र संघका उपमहासचिव गोपाल काजी कायस्थ, आदिबासी जनजाती चलचित्र महासंघका अध्यक्ष अमृत सुनवार, नेपाल चलचित्र संघका अध्यक्ष मदुसुदन प्रधान,द्वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान,विशिष्ट चलचित्रकर्मी लय संग्रौला,प्रथम नेपाल  भाषाको चलचित्र शिलुका नायक जय श्रेष्ष्ठ,संघका जेष्ठ सदस्य पदम प्रसाद पौडेल,संघका जेष्ठ सदस्य लक्ष्मण बिक्रम बस्नेत,जेष्ठ सदस्य बशन्त खत्री,विशिष्ट कलाकार आर पी पन्त,नेपाली चुल्होका प्रबन्ध निर्देशक दुर्लभ कार्की,पशुपति बिकाश कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा,नेपाल सास्कृतिक संघका अध्यक्ष तिर्थ थापा, सास्कृतिक संघका महासचिव शिबशंकर ,FAAN USAका प्रस्तावित अध्यक्ष बिक्रान्त बस्नेत,कामनपा बडा नं २ का वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ,चलचित्र विकाश बोर्डका पुर्व अध्यक्ष राजकुमार राई लगायतले यस प्रकारको आयोजनाले आपसी सम्बन्ध सुदृढ हुनकासाथै बर्तमान अबस्थामा चलचित्र क्षेत्र चलायमान बनाउन मद्दत हुने बताउनु भयो । सबै बक्ताहरूले कोभिडले थला पारेको चलचित्र क्षेत्रलाई आ-आफ्नो तर्फबाट माथि उठाउन प्रयाश गर्नु पर्ने कुरामा जोड़ दिनु भएको थियो । 

नेपाल चलचित्र कलाकार संघका जेष्ठ सदस्य पदम प्रसाद पौडेलबाट चलचित्रकर्मीहरूले दुर्गा भवानीको प्रसाद र अक्षता ग्रहण गरेका थिए ।दुर्गा भवानीको प्रसाद अक्षता ग्रहण अवधीभर संघका उपाध्यक्ष तथा प्रबक्ता मोहन निरौलाले चण्डीका मन्त्र र स्तोत्र पाठ गर्नु भएको थियो ।

कार्यक्रमको संचालन संघका कार्यकारी सदस्य गोपाल ढकाल छन्देले गर्नु भएको थियो ।कार्यक्रममा प्रसाद अक्षता ग्रहण संगै चलचित्र जांच समितिका सदस्य तथा संघका कार्यसमितिका सदस्य राजेश महर्जनले प्रति व्यक्ति तेतिस रूपैया दक्षिणा पनि प्रदान गर्नु भएको  थियो ।

कार्यक्रमको व्यवस्थापन संघका उपाध्यक्ष सानु कुमार ताम्राकार ,कार्यकारिणी सदस्यहरू जीवन थापा,उद्धव भट्टराई,गोपाल ढकाल छन्दे,रामेश्वर बुर्लाकोटी,राजेश महर्जनले गर्नु भएको थियो ।

प्राय चलचित्रकर्मीहरूले आफुले पाएको दक्षिणामा रकम थप गरी संघलाई सहयोग स्वरूप उक्त रकम हस्तान्तरण गर्नु भएको थियो । रकम हस्तान्तरण गर्नेहरूमा सुनिल कटुवाल - ५,१३३/-      जीवन थापा - ५,०००/-, समिर लामा - ३,३३३/-, गोपाल ढकाल ( छन्दे ) - ३,०००/-, नवराज दुरा बैध्य - २,१००/-, गीता अधिकारी - २,०००/-, रोशन राज मिश्र - १,५४०/-, भिमा मैनाली - १,१००/-, प्रतिक्षा खड्का - १,०५०/-, हरिचन्द्र फुयाँल - १,०००/-, कमल खड्का - १,०००/-, बद्री पुडासैनि - ५३५/-, बसन्त बहादुर खत्री - ५३३/-, टेकेन्द्र न्यौपाने - ५०५/-, रिया श्रेष्ठ - ५०१/-, सालीग्राम कार्की - २५५/-, पवित्रा पाण्डे - २१०/-हुनुहुन्छ ।

कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खडकाले आफ्नो मन्तव्य राख्नु हुदै सहभागी सम्पूर्ण चलचित्रकर्मीहरूलाई धन्यवाद दिनुका साथै यसप्रकारका आयोजनाले बर्तमान स्थितिमा चलचित्र क्षेत्र चलायमान बनाउन एकताको सन्देश प्रबाह हुनेकुरा बताउनु भयो ।

 कार्यक्रममा नयां र पुराना पुस्ताका गरी दुईसय भन्दा बढी संख्यामा चलचित्रकर्मीहरूको सहभागिता रहेको थियो ।

Categorized in सिनेमा