STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कलाकार संघको अध्यक्षमा मोहन निरौला र रेजिना उप्रेती बीच प्रतिस्पर्धा हुने

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ फाल्गुण २७, शनिबार

उपाध्यक्षमा सात र महासचिवमा पाँच जना भिड्ने

नेपाल चलचित्र कलाकार संघको आगामी कार्यकालको लागि चैत्र ४ गते निर्वाचन हुने भएको छ । कलाकार संघको चुनावको लागि शनिवार २७ गते उम्मेदवारीको मनोनयन दर्ता कार्य सम्पन्न भएको छ । अाज भएको मनोनयन मा अध्यक्ष पदका लागि पुराना कलाकार मोहन निरौला र नायिका रेजिना उप्रेती ले आआफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उनीहरु दुबै जना संघको वर्तमान कार्य समितिका उपाध्यक्षहरु हुन् ।

यस्तैगरी दुई उपाध्यक्ष पदका लागि कविता गेलाल, धनबहादुर बमजन डि बि, सरिता गिरी,पवन प्रसाद खतिवडा बाबा, तेजकुमारी खतिवडा तेजुला, विष्णु प्रसाद रिजालं थःगु नां दर्ता गराएका छन् भने महासचिव को एक पदकालागि सन्जय खतिवडा, धर्मानन्द आचार्य धर्मेन्द्र, सबिन श्रेष्ठ, पनाह अधिकारी, उत्तम के सी समेत गरी पाँच जनाले मनोनयन दर्ता गराएका छन् ।

सचिव पद एक जनाका लागि रामेश्वर बुर्लाकोटी र जीवन थापाले उम्मेदवारी दिएका छन् ।

एक एक जना कोषाध्यक्ष र सह कोषाध्यक्ष पदकालागि क्रमशः सुनिल कटुवाल र विनोद कुमार भट्टराइ अनि रोहित रुम्बा र पवित्रा अाचार्य गरी दुई दुई  उम्मेदवारी  दर्ता गराएका छन् ।

कार्य समितिका दस सदस्य पदका लागि कुल २६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा उद्भव प्रसाद भट्टराई, गोपाल ढकाल छन्दे, संजोग राणा, सितल के सी, पवन के सी , रोशन श्रेष्ठ,पुण्यप्रसाद पाण्डे, लछुमन चौलागांइ खिम्ते काका , रन्जना खडका खुश्बु,सुनिल कुमार पुरी, नम्रता खरेल,गोपीलाल तामाङ्ग, दिल बहादुर दोङ्ग डि बि , पुकार भट्टराई, दिनेश अवाल,खिन्न बहादुर भण्डारी, रामशरण जङ्गम,रामकुमार कार्की,राजेश गोसाइं,सरिता राजोपाध्याय,नितु कोइराला गौतम, इश्वर बल्लभ उप्रेती, भिमसेन बजगाइं, समिर लामा तामाङ्ग,निर्मल स्याङ्गतान बुद्धिमान,बबिता ढकाल बबि रोजा लगायत २६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन कार्य तालिका अनुसार फागुन २८ गते उम्मेदवारी उपर दावी विराेध को कार्यक्रम रहेको कुरा प्रमुख निर्वाचन अधिकृत राजेन्द्र शलभले जानकारी गराएका छन् । यदी  उम्मेदवार उपर कुनै दावी विराेध परेमा फागुन ३० गते त्यसको निर्णय प्रकाशन गर्ने र उम्मेदवार ले अाफ्नो नाम फिर्ता लिन चाहेमा लिने कार्यक्म तोकिएको छ । त्यसपछि चैत्र १ गते उम्मेदवार को अन्तिम् नामावलि प्रकाशन गर्ने कार्यक्रम रहेको कुरा प्रमूख निर्वाचन अधिकृत ले जानकारी गराएका छन् ।

Categorized in सिनेमा