STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कलाकार रुपेन श्रेष्ठ “थक्वाःमि” : परिवार र घर नै रंगमञ्चीय “सरस्वती गृह”

Janjati Khabar – ललेन्द्र शाक्य | २०७८ श्रावण २, शनिबार

काठमाडौं उपत्यकाको पश्चिम भेगीय थानकोट निवासी प्रतिभावान् कलाकार रुपेन श्रेष्ठ ‘थक्वाःमि’ हाल चन्द्रागिरी नगरपालिका १५ वडा नैकापमा आफ्नो सानो सुखी चार सदस्यीय परिवारका साथ ढुक्कसंग बस्दै आइरहनु भएको छ ।

जुन घर एक रंगमञ्चीय सरस्वती गृहको रुपमा लिन सकिन्छ । किनकि, स्वयं कलाकार रुपेन श्रेष्ठ ‘थक्वाःमि’ सिद्धहस्त निख्खर कलाकार भै हाल्यो नै । त्यस्तै रुपेनकी अर्धाङ्गिनी सरीना बज्राचार्य एफएफमा कार्यक्रम प्रस्तोताको रुपमा कार्यरत छिन् भने उहाँ जीवनन्त अभिनय गर्न पनि सिपालु छिन् ।

यही क्रममा कलाकार रुपेन र सरीनाका सानी दुई छोरीहरु सिम्रिक र संकिपा पनि कम छैनन्, दमदार अभिनय गर्छिन् दुबै दिदीबहीनी ।

कलाकारिता प्रतिभा त थियो नै कलाकार रुपेन श्रेष्ठको परिवारभित्र । संजोगै भन्नु पर्छ कि गत वर्षको लकडाउनमा रुपेनको परिवारमा छचल्की रहेको प्रतिभा सामाजिक संजालमार्फत् प्रष्फुटन भयो । गतवर्षको लकडाउन अवधिभर कलाकार रुपेनका चार जना सदस्य कलाकारहरुबाट ज्ञान वद्र्धक, चेतनामूलक एवं समसामयिक विषयवस्तुमा सत्यतथ्य घटनामा आधारित सर्टमूभिको रुपमा सामाजिक संजालमा हंगामा मच्चाउन सफल भइयो भने यस वर्षको लकडाउनमा पनि निरन्तरता दिइयो ।

साथैं देशमा घटित घटनाक्रमलाई यथार्थपरक व्यंग्यका रुपमा पनि भिडियो सम्प्रेषित गरी नाटकीय रुपमा जनसमुदायलाई सचेत गर्ने कार्य पनि रुपेनको परिवारबाट भएको छ । यही प्रतिभाको फलस्वरुप सम्पूर्ण कलाप्रेमी जनमानसद्वारा कलाकार रुपेन श्रेष्ठ ‘थक्वाःमि’सहित उहाँका सब–परिवार प्रतिभावान् कलाकःमिको रुपमा सामाजिक संजालमार्फत् परिचित हुन सफल भइयो भने ती चार सदस्यीय परिवार बस्ने घरलाई रंगमञ्चीय ‘सरस्वती गृह’को रुपमा लिन थालियो । वास्तवमा हो पनि, कलाकार रुपेनको घर रंगमञ्चीय ‘सरस्वती गृह’ नै हो ।

कलाकार रुपेन हालका एक व्यस्त मोडल कलाकारको रुपमा स्थापित भइसकेका छन् । सायद नेपालभाषा म्यूजिक भिडियो क्षेत्रमा धेरै भिडियोहरुमा अभिनय गर्न सफल मोडल कलाकारको रुपमा रुपेन श्रेष्ठले धेरै रेकर्डहरु तोडिसकेका छन्  भने रुपेनको हप्तामैं तीन चार वटा म्यूजिक भिडियो रिलिज भएको पनि रेकर्ड रहेको छ ।

त्यस्तै, कलाकार रुपेनकी जहान सरीना बज्राचार्य नेवाः एफएम १०६.६ मेगाहर्जमा कार्यक्रम प्रस्तोता हुन् भने लकडाउनको समयमा उहाँले रुपेन र आफ्ना छोरीहरुसंग सर्टमूभिमा जीवन्त अभिनय गरिसकेका छन् । सरीना एफएममा कार्यक्रम प्रस्तोता, कलाकार मात्र नभईकन एक कवयित्री एवं चलचित्रका स्क्रीप्ट राइटर पनि हुन् ।

यही क्रममा कलाकार रुपेन र सरीनाकी ठूली छोरी सिम्रिक श्रेष्ठले लकडाउनकै समयमा आफ्ना बुबा रुपेन तथा आमा सरीनासंग विभिन्न होममेड सर्ट मूभिहरुमा यथार्थपरक अभिनय गरेकी छिन् भने सिम्रिकले विभिन्न प्रतियोगितामा आफ्नो प्रतिभा प्रस्तुत गरी विभिन्न अवार्ड र पुरस्कारहरु समेत जित्न सफल भएकी छिन् । सिम्रिकले खस नेपाली, नेपालभाषा म्यूजिक भिडियो एवं सर्टमूभिहरुमा अभिनय गरिसकेकी छिन् ।

यस्तै कान्छी छोरी संकिपा श्रेष्ठले पनि लकडाउनकै समयमा होममेड सर्टमूभिहरुमा अपत्यारिलो पाराले आफ्नो उत्कृष्ट अभिनय प्रतिभालाई उजागर गर्न सफल भएकी छिन् भने संकिपाले पनि विभिन्न सर्टमूभि, म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । संकिपा श्रेष्ठले पनि विभिन्न प्रतियोगितामा भाग लिई विभिन्न अवार्डहरु जिति सकेकी छिन् ।

यसरी एकै परिवारका सब–परिवारहरु कलाकार क्षेत्रमा समाहित भएकै कारण दिग्गज कलाकार रुपेन श्रेष्ठ ‘थक्वाःमि’को परिवार र घर रंगमञ्चीय ‘सरस्वती गृह’को रुपमा रुपान्तरण भएको हो भन्दा पनि दुईमत नहोला स्वाभाविक रुपमा ।

Categorized in साहित्य-कला