STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कर्णालीका एमाले सांसदलाई पदमुक्त गर्न सर्वोच्चको आदेश

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण १८, सोमबार

काठमाडौं - फ्लोर क्रस गर्ने कर्णाली प्रदेशका चारजना एमाले सांसदलाई पदमुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

पार्टीको ह्वीपविपरित ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने चार सांसदलाई पदमुक्त गर्ने एमालेको निर्णय सदर भएको हो ।

सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले यस्तो आदेश गरेको हो। यससँगै सांसदहरु प्रकाश ज्वाला, अम्बरबहादुर थापा, कुर्मराज शाही र नन्द सिंह बुढाको सांसद पदबाट पदमुक्त भइका छन् ।

Categorized in राजनीति