STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कम्युनिष्ट नेता कन्हैया कुमार भारतीय कांग्रेसमा प्रवेश

Janjati Khabar – एजेन्सी | २०७८ आश्विन १२, मंगलबार

भारतको जवाहरलाल विश्वविद्यालय (जेएनयू)को छात्रसंघका पूर्व-अध्यक्ष तथा भारतीय कम्युनिष्ट पार्टी (सीपीआई)का युवा नेता कन्हैया कुमारले कांग्रेस पार्टीमा प्रवेश गरेका छन् ।

मंगलबार उनी आधिकारिकरुपमा कांग्रेसमा प्रवेश गरेका हुन् । भारतीय न्युज एजेन्सी एएनआईका अनुसार उनीसँगै गुजरातका स्वतन्त्र विधायक जिग्नेश मेवाणी पनि कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेस आइले ट्वीटमार्फत युवामाझ चर्चित विद्यार्थी नेतालाई पार्टी प्रवेश गराएकोबारे जानकारी दिएको छ । नेता राहुल गान्धीले पनि कन्हैया कुमारलाई पार्टी स्वागत गरेको भन्दै ट्वीट गरेका छन् ।

कन्हैया कुमार कम्युनिष्ट पार्टी अफ इन्डियाको राष्ट्रिय कार्यकारिणीमा बिहारका सदस्य थिए । सन् २०१९ को लोकसभामा उनी बेगूसरायबाट निर्वाचन लडेका थिए । तर, भाजपाका उम्मेदवारसँग ठूलो अन्तरले पराजित भएका थिए ।

एक साताअघि नै मंगलबार कन्हैया कुमार कांग्रेस पार्टीमा प्रवेश गर्ने समाचार सार्वजनिक भएको थियो । कम्युनिष्ट पार्टीले उनलाई कांग्रेस प्रवेश गर्नबाट रोक्ने प्रयास गरे पनि उनी भने सहमत भएनन् ।

Categorized in अन्तर्राष्ट्रिय